राजनीति
‘प्रगतिशील अभियान, नेपाल’ घोषणा गर्दै जनार्दन
मङ्गलबार, १८ कात्तिक २०८२, १२ : ४६
सारांश
- जनार्दन शर्माले 'प्रगतिशील अभियान, नेपाल' घोषणाको तयारी गरेका छन्।
- ललितपुरमा पत्रकार सम्मेलनमार्फत अभियान घोषणा गरिनेछ र आगामी योजनाबारे जानकारी गराइनेछ।
- अभियानले माओवादी पुनर्गठनको उद्देश्य राखेको छ।
काठमाडौँ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतको पार्टी एकता प्रक्रियामा सहभागी नभएका जनार्दन शर्माले नयाँ अभियान घोषणाको तयारी गरेका छन् । उनले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरेर ‘प्रगतिशील अभियान, नेपाल’ घोषणा गर्न लागेका हुन् ।
सो अभियानबारे जानकारी दिन ललितपुरस्थित सत्कार रेस्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । साढे २ बजे हुने पत्रकार सम्मेलनमा अभियानको आगामी योजनालगायतका समग्र विषयमा जानकारी गराइने नेता राम कार्कीले जानकारी दिए ।
त्यसअघि अभियानको बैठक बसिरहेको बताइएको छ । अभियानले माओवादी पुनर्गठनको उद्देश्य राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण