राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एकैसाथ ११ जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी रामु पौडेललाई दिएका छन् । यो विभागलाई राष्ट्र बैंकको शक्तिशाली विभाग मानिन्छ ।
यस्तै, विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी किरण पण्डितलाई दिइएको छ । पण्डित यसअघि भुक्तानी प्रणाली विभागमा थिए । नियमन विभागको नेतृत्व सम्हालेका गुरुप्रसाद पौडेललाई भने मानव संशाधन व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।
यसैगरी, विदेशी विनिमय व्यवस्थापन विभागबाट रेवतीप्रसाद नेपाललाई हटाएर सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा पठाइएको छ । वित्तीय संस्था सुपरिवेक्षण विभागमा रहेका सत्येन्द्र तिमल्सिनाको सरुवा भएको छ । मानव संसाधन व्यवस्थापन विभागमा रहेका विश्रुत थापालाई वित्तीय संस्था सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको छ ।
मौद्रिक व्यवस्थापन विभागमा रहेका दयाराम शर्मालाई गभर्नर कार्यालयमा सारिएको छ । सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा कार्यरत रोशनकुमार सिग्देललाई बैंकिङ विभागमा र बैंकिङ विभागमा रहेका डा. डिल्लीराम पोखरेललाई मौद्रिक व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।
संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा रहेका अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभागमा पठाइएको छ । भर्खरै बढुवा भएर गभर्नर कार्यालयमा पदस्थापन भएका राजनविक्रम थापालाई भने संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण