शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हाम्रो पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेन : राम कार्की

मङ्गलबार, १८ कात्तिक २०८२, १५ : ३७
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • माओवादी केन्द्रका नेता राम कार्कीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्न नसकेको स्वीकार गरे।
  • उनले कम्युनिस्ट आन्दोलन विघटन भएको र युवा पुस्ताको भावना विपरीत काम भएको बताए।
  • कार्कीले भ्रष्टाचारका मुद्दा लागेका नेताहरूले ठुलो पद ओगटेको र एकताको नाटक गरेको आरोप लगाए।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले आफूहरूले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने नसकेको बताएका छन् । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले खास गरेर आफूहरूको पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राख्न नसकेको स्वीकार गरे । 

हाल नेपालको कम्युनिस्ट आन्दोलन विघटन हुन पुगेको उनको भनाई छ । केही नेताहरूको लागि पार्टीहरू भए पनि जनता र जेनजीको नजरबाट हेर्दा पार्टीहरू विघटित भइसकेको उनले बताए । 

उनले जेनजी युवाहरूको भावना विपरीत भ्रष्टाचारका मुद्दा लागेका नेताहरू टाउकोमा कल्की झुन्डाएर ठुलो पदमा पुगेको बताउनुहुँदै एकताको स्वाङ गरिरहेको आरोप लगाए ।  उनले भने, ‘नेपालका राजनीतिक पार्टी र जनसमुदायको बिचमा एउटा गहिरो र फराकिलो खाडल तयार भयो । खाडल छ भन्ने कुरा सबैले भन्दै थिए, लेख्दै थिए । तर त्यहाँ खास गरेर हाम्रो पिँढीले हाम्रो नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेन । नेपालको कम्युनिस्ट आन्दोलन आज विघटन हुन पुगेको छ ।’ 

उनले थपे, ‘केही नेताहरूको लागी र ती नेताहरूको वरिपरि बस्ने शिष्य, मंगलका निम्ति पार्टी छ । तर जनताको नजरबाट हेर्दा जेनजीको नजरबाट हेर्दा २३ र २४ को नजरबाट हेर्दा पार्टीहरू विघटित भएका छन् । पार्टीहरूको केही अस्तित्व छैन । जेनजी युवाहरूको जुन भावना हो भ्रष्टाचार मेटाइदिउँ भन्ने तर अहिले भ्रष्टाचारका मुद्दा लागेका मान्छेहरू, भ्रष्टाचारका अभियोग लागेका नेताहरू टाउकोमा कल्की झुन्डाएर ठुलो पदमा पुगेर यहाँ एकताको स्वाङ गर्दैछन् ।’ 

नेता कार्कीले आफूहरूले राजनीतिक दलका लागि मात्रै दल निर्माण गर्न नलागिएको पनि दाबी गरे । उनले मजदुर, किसान, गरिब सबैको सहअस्तित्व रहने समाजवादी संगठन निर्माण गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप