शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा सञ्चालन गरौँ : मुख्यमन्त्री आचार्य

मङ्गलबार, १८ कात्तिक २०८२, १५ : ५४
मङ्गलबार, १८ कात्तिक २०८२

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने बताएका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रमलाई मंगलबार राप्ती उपत्यका (देउखुरी)मा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएको र समस्या समाधानका लागि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिए ।

उनले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सेवा दुई सिफ्टमा सञ्चालन गर्ने गरी योजना बनाउन निर्देशन दिएका हुन् ।

उनले जिल्ला तहका अस्पतालहरूको सेवा प्रभावकारी बनाउनुपर्ने बताउँदै बिरामी पुग्ने ठाउँमै उपचार हुने प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दे स्वास्थ्यका सूचकहरूमा सुधार देखिन थालेको  बताए ।

उनले पोषणमा सुधार,मातृ तथा बाल मृत्युदर घटाउन हाम्रा अभियानसँगै  समुदाय स्तरका कार्यक्रम सञ्चालन गर्दा स्थानीय सरकारसँग अनिवार्य समन्वय गर्नुपर्ने बताए ।

कार्यक्रम स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्य र स्वास्थ्य मन्त्री खेमबहादुर सारुको विशिष्ट आतिथ्ययतामा सम्पन्न भएको हो । 

एक वर्षमा के–के भयो उपलब्धि

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै गत आर्थिक वर्ष २०८१र८२ मा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । 

प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार आधारभूतदेखि विशेष स्वास्थ्य सेवासम्म सुधार भएको उल्लेख छ ।

समीक्षा कार्यक्रममा मन्त्रालयले प्रदेश राजधानी देउखुरीमा ५० शैयाको सुविधा सम्पन्न भालुवाङ अस्पताल स्थापना गरी सञ्चालनमा ल्याएको जनाएको छ ।

त्यसका साथै नवलपरासीस्थित पृथ्वी चन्द्र अस्पतालमा मिर्गौला डायलिसिस सेवा विस्तार गरिएको छ भने कपिलवस्तु र अर्घाखाँची अस्पतालमा सो सेवा विस्तार अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ ।

चार जिल्लामा सामुदायिक स्वास्थ्य सूचना प्रणालीमार्फत परिवार स्वास्थ्य विवरण कार्यक्रम सुरु गरिएको छ जसले महिलाm बालबालिकाको स्वास्थ्य र पोषण अवस्थाको निरन्तर अनुगमन गर्न सहयोग पुग्ने लक्ष्य लिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा मुटु उपचारका लागि क्याथ ल्याब सेवा सुरु गरिएको छ भने गुल्मी अस्पतालमा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली लागू भएसँगै स्वास्थ्य सेवा प्रविधिमैत्री बन्दै गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप