‘श्रमाधान कल सेन्टर’मा गुनासा बढे, तर धेरै समाधान भएनन्
काठमाडौँ । वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेको ‘श्रमाधान कल सेन्टर’मा समस्या सुनाउनेको सङ्ख्या बढे पनि तिनको समाधान भने कम भएको पाइएको छ ।
बोर्डको वार्षिक प्रगति प्रतिवेदनमा २०८१/८२ मा कल सेन्टरमा ९५ हजार ६७ जनाले समस्या टिपाएका ३३ हजार ४३० का समस्या मात्रै समाधान भएका छन् । जसमा ६१ हजार ६३७ जनाका समस्या समाधान हुन सकेका छैनन् ।
यस्तै, २०७६/७७ देखि २०८१/८२ सम्म समस्या सुनाउने प्रवृत्ति बढेको देखिए पनि समाधानको अवस्था अझै प्रभावकारी हुन नसकेको तथ्याङ्कले देखाएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेका नेपाली कामदारको गुनासो सुनुवाइ गरी सम्बन्धित निकायबाट यथाशीघ्र सहयोग उपलब्ध गराउने उद्देश्यले विसं २०७५ चैतदेखि कल सेन्टर स्थापना एवं सञ्चालन सुरु गरिएको हो ।
यस्तै, बोर्डबाट वैदेशिक रोजगारमा रहेका कामदारको स्वास्थ्य समस्या सम्बोधन गर्ने उद्देश्यले ‘टेलिमेडिसिन’ सेवा सञ्चालनसमेत सञ्चालनमा छ ।
यसमा पनि आव २०७९/८० देखि २०८१/८२ सम्म आठ हजार ५७९ सेवाग्राही रहेका छन् । यसमार्फत भने शतप्रतिशत समस्या समाधान भएको तथ्याङ्क छ ।
बोर्डले १८औँ स्थापना दिवसका सन्दर्भमा आज वार्षिक प्रगति प्रतिवेदन प्रकाशन गरेको हो । प्रधानमन्त्री सुशीला कार्कीलाई समेत बुझाइएको प्रतिवेदनमा कल सेन्टर वैदेशिक रोजगारका क्रममा समस्यामा परेका नागरिकको महत्त्वपूर्ण सहयोगी हुने उल्लेख छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले वैदेशिक रोजगारबारे उठेका समस्या समाधानका लागि मन्त्रालय सधैँ चनाखो रहँदै आएको बताए ।
उनले कल सेन्टरको प्रभावकारिता बढेको र कतिपय समाधान गर्न नसकिने समस्यासमेत आउने गरेको बताए ।
बोर्डका कार्यकारी निर्देशक डा द्वारीका उप्रेतीले कल सेन्टरमार्फत समस्या टिपाउने तर समाधान भइसकेपछि पुनः सम्पर्क नगर्दा समाधानको तथ्याङ्क कम देखिएको धारणा राखे ।
बोर्डले २०७७ देखि २०८२ सम्म ४५,२४४ जनाले निःशुल्क सीप विकास तालिम प्राप्त गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण