जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) महिला विभागले ‘जेनजी आन्दोलन र नेपालमा डायस्पोराको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न गरेको छ। कार्यक्रम एनआरएनएकी उपाध्यक्ष तथा महिला विभागकी संयोजक रोजिना प्रधान राईको संयोजकत्वमा सम्पन्न भएको हो।
कार्यक्रममा संघीय संसदकी उपसभामुख इन्दिरा राना, एनआरएनए अध्यक्ष डा. बद्री केसी, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, महिला तथा लैङ्गिक अधिकार विज्ञ सरु जोशी, सञ्चारकर्मी, जेनजी पुस्ताका प्रतिनिधि र एनआरएनएका पदाधिकारीहरूको सहभागिता थियो।
कार्यक्रममा बोल्दै एनआरएनए अध्यक्ष डा. बद्री केसीले जेनजी पुस्ताका माग सम्बोधनमा सरकारले गम्भीर हुनुपर्नेमा जोड दिए। उनले आन्दोलन शान्तिपूर्ण हुनुपर्ने बताउँदै अपराध र हिंसामा संलग्न जो कोही पनि कानूनी दायरामा आउनुपर्ने धारणा राखे। उनका अनुसार, हालको अस्थिरताले लगानीमैत्री वातावरण कमजोर पारेको र विदेशी लगानीकर्तामा शंका बढाएको छ।
एनआरएनएकी उपाध्यक्ष रोजिना प्रधान राईले जेनजी आन्दोलनले नयाँ पुस्तामा चेतना र आत्मविश्वास जगाएको बताउँदै त्यसलाई सही दिशामा लैजानु सबैको जिम्मेवारी भएको बताइन्। उनले महिलाको नेतृत्व, शिक्षा, उद्यमशीलता र सशक्तीकरणमा एनआरएनएले ठोस भूमिका खेल्ने प्रतिबद्धता जनाइन्।
उपसभामुख इन्दिरा रानाले जेनजी पुस्ताले राज्यसँग प्रश्न गर्नु सकारात्मक भए पनि जिम्मेवार नागरिकको भूमिका नखेलेसम्म परिवर्तन दिगो हुन नसक्ने बताइन्। मानव अधिकारकर्मी लिली थापाले बिग्रिएका राज्य संरचनाको पुनर्निर्माणमा प्रवासी नेपालीको हातेमालो अपरिहार्य भएको उल्लेख गरिन्।
महिला विज्ञ सरु जोशीले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन सरकारले लचकता अपनाउनुपर्ने बताइन्। सञ्चारकर्मी र जेनजी प्रतिनिधिहरूले आन्दोलनपछि बढेको नकारात्मक धारणा घटाउन सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने सुझाव दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण