मेरिनोको दुई गोलमा आर्सनलको लगातार १० औँ जित
सारांश
- आर्सनलले स्लाभिया प्रागलाई पराजित गर्दै लगातार १० खेल जितेको छ।
- खेलमा मिकेल मेरिनोले दुई गोल गरे, र बुकायो साकाले पेनाल्टीमा गोल गरे।
- म्याक्स डाउम्यान च्याम्पियन्स लिगमा खेल्ने सबैभन्दा कान्छा खेलाडी बने।
लन्डन। आर्सनलले च्याम्पियन्स लिगको समूह चरणको खेलमा स्लाभिया प्रागलाई सहजै पराजित गर्दै सबै प्रतियोगितामा आफ्नो लगातार जितको शृङ्खला १० खेल पुर्याएको छ।
मंगलबार राति भएको खेलमा टोली ३-० गोलले विजयी बनेको हो । यो जितसँगै क्लबले सन् १९०३ मा दुई फरक सिजनमा बनाएको आठ लगातार क्लीन सिटको क्लब कीर्तिमान पनि बराबरी गरेको छ।
घाइते भिक्टर ग्योकेरेसको स्थानमा अग्रपंक्तिमा सुरुवात गरेका स्पेनिसि खेलाडी मिकेल मेरिनोले आफ्नो बहुमुखी प्रतिभा देखाउँदै निर्णायक योगदान दिए। मिकेल आर्टेटाको टोलीले ३२ औँ मिनेटमा पाएको पेनाल्टीबाट खाता खोल्यो, जसलाई बुकायो साकाले सजिलै गोलमा परिणत गरे। ग्याब्रियलको कर्नरमा लुकास प्रोभोडले ह्यान्डबल गरेपछि भीएआरको सहायतामा पेनाल्टी दिइएको थियो।
पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको आर्सनलले दोस्रो हाफको सुरुवात उत्कृष्ट गर्यो। दोस्रो हाफ सुरु भएको केही सेकेन्डमै मेरिनोले लियान्ड्रो ट्रोसार्डको क्रसलाई गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाए। ६८ औँ मिनेटमा उनले डेक्लन राइसको क्रसमा हेडमार्फत गोल गर्दै व्यक्तिगत दोस्रो गोल गरे।
यस खेलमा म्याक्स डाउम्यान १५ वर्ष ३०८ दिनको उमेरमा च्याम्पियन्स लिगमा खेल्ने सबैभन्दा कान्छा खेलाडी बन्दै इतिहास रचे।
प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलको यस सिजनमा उत्कृष्ट सुरुवात जारी छ । टोलीले च्याम्पियन्स लिगका चार खेलमध्ये चारै खेल जितेर सबै प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई १३ खेल पुर्याएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण