बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोविन्दाले मागे आफ्नो पुरोहितसँग माफी

बुधबार, १९ कात्तिक २०८२, १३ : ००
बुधबार, १९ कात्तिक २०८२

सारांश

  • अभिनेता गोविन्दले आफ्नो पुरोहितसँग माफी मागेका छन्, उनकी श्रीमतीले पुरोहितबारे टिप्पणी गरेपछि।
  • सुनिता आहुजाले पारस छाबराको पोडकास्टमा पुरोहितले धेरै पैसा लिने आरोप लगाएकी थिइन्।
  • गोविन्दले सामाजिक सञ्जालमा माफी माग्दै, श्रीमतीको अभिव्यक्तिलाई खण्डन गरेका छन्।

नयाँदिल्ली । बलिउडका ‘हिरो नम्बर १’ गोविन्दाले आफ्नो पुरोहितसँग माफी मागेका छन् । हालै गोविन्दाकी श्रीमती सुनिता आहुजाले पारस छाबराको पोडकास्टमा गोविन्दको परिवारको पुरोहितबारे एउटा टिप्पणी गरेकी थिइन् ।

यसमा उनले गोविन्दाले ज्योतिषी र पण्डितहरूमाथि निकै पैसा खर्च गर्ने बताएकी थिइन् । ‘हाम्रो घरमा एक जना छन्, गोविन्दाको पण्डित (पुरोहित)। उनी पनि त्यस्तै छन् । पूजा गराइदिन्छन् अनि २ लाख रुपैयाँ लिन्छन्’ सुनिताले भनेकी थिइन् ।

आफ्नी पत्नीको यो बयानको जवाफमा गोविन्दाले सामाजिक सञ्जालमा माफी माग्दै एक बयान जारी गरेका छन् । उनले आफ्नी श्रीमतीको अभिव्यक्ति गलत भएको भन्दै उनको कडा निन्दा गरे ।

‘म तपाईं सबैलाई भन्न चाहन्छु कि मेरो परिवारका पुरोहितजी, आदरणीय मुकेश शुक्ला, एक धेरै सक्षम, प्रामाणिक,अति नै गुणी र यज्ञविधि बुझेका उत्तर प्रदेशका नाम चलेका पुरोहितमध्ये एक हुन् । तपाईंको बुबा, आदरणीय जटाधारीसँग हाम्रो परिवार सदा जोडिएको छ । मेरी जो आदरणीय धर्मपत्नी हुनुहुन्छ, तपाईंको विषयमा उहाँले प्रयोग गर्नुभएको जो अपशब्दहरू छन् त्यसको लागि म म माफी चाहन्छु । र यसको खण्डन पनि गर्नेछु ।’

सामाजिक सञ्जालमा भिडियो जारी गर्दै गोविन्दाले भनेका छन् । आफ्नो पुरोहित निकै सरल भएको भन्दै जीवनको निकै अप्ठ्यारो क्षण साथसाथ पार गरेको पनि उनले बताए बताए ।

पोस्टमा अभिनेताले पुरोहित र उनको परिवारलाई सधैँ आफ्नो परिवारको साथमा रहन अनुरोध पनि गरेका छन् । गोविन्दाको यो पोस्टमा धेरैले उनको श्रीमतीको समर्थनमा कमेन्ट गरिरहेका छन् । 

सुनिताले बोलेको कुरा सही भएको अधिकांशको कमेन्ट छ । धेरै प्रयोगकर्ताहरूले सुनिताले केही गलत नभनेकी अनि धेरै पुरोहितले त्यस्तै गरेर अनुष्ठानको नाममा लाखौँ रुपैयाँ लिने गरेको कुरा उठाइरहेका छन् । 

सुनिता प्रायः आफ्नो बयानबाजीका कारण हेडलाइन बन्छिन् । केही दिन अघिसम्म सुनिता र गोविन्दाको सम्बन्ध विच्छेदको हल्ला पनि व्याप्त थियो । पछि दुवै जना एकसाथ आएर यी हल्लाहरूलाई खारेज गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप