एकता सभामा जताततै तारा चिह्न फहराएको देखेर सुवासराज काफ्ले दंग
बुधबार, १९ कात्तिक २०८२, १४ : ३४
सारांश
- जनसमाजवादी पार्टीका अध्यक्ष सुवासराज काफ्लेले १० दलको एकता सभामा आफू भावुक भएको बताए ।
- पार्टी एकतापछि बन्ने नेपाली कम्युनिस्ट पार्टीले आफ्नो दलको चुनाव चिह्न अँगालेकोप्रति उनले भावुकता व्यक्त गरे ।
- उनले एकता सभामा तारा चिह्न देखेर गौरवान्वित भएको र सधैँ चम्किरहने विश्वास व्यक्त गरे ।
काठमाडौँ । जनसमाजवादी पार्टीका अध्यक्ष सुवासराज काफ्लेले १० दलको एकता सभामा पाँचकुने तार चम्किएको देखेर आफू भावुक भएको बताएका छन् । पार्टी एकतापछि बन्ने नेपाली कम्युनिस्ट पार्टीले आफ्नो दलको चुनाव चिह्न अँगालेकोप्रति काफ्लेले भावुकता व्यक्त गरेका हुन् ।
‘आज एकता सभाको गेटदेखि भित्रसम्म जताततै तारा चिह्न देखेर म धेरै भावुक भएँ । सानो खोला पाइरहेको अवस्थामा यो महासागरमा तारा चम्किरहेको देख्दा म गौरवान्वित भएको छु । ऐतिहासिक दिनपछि सधैँ चम्किरहने विश्वास व्यक्त गर्दछु’, उनले भने ।
आफूहरू बिचमा धेरै ठुला चुनौती रहेकाले मास्टर प्लान बनाएर जाने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण