जेरी अन टप चलचित्रले कमायो १० करोड, अरुको कमाइ कति ?
सारांश
- अनमोल केसीको चलचित्र 'जेरी अन टप' ले १० करोड ५१ लाख कमाएको छ ।
- अन्य चलचित्रहरू 'बलिदान', 'हरिबहादुरको जुत्ता', र 'माइतिघर' ले पनि राम्रो कमाई गरेका छन्।
- 'सोल्टिनी' ले भने अपेक्षा गरे अनुसारको व्यापार गर्न सकेन।
काठमाडौँ । पछिल्लो समय प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर जेरी अन टप नामक चलचित्रले १० करोड ५१ लाख कमाएको छ । ३ लाख ३३ हजार ६ सय ५ वटा टिकट विक्रि गरेर उक्त चलचित्रले करोडौं कमाउन सफल भएको हो ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कात्तिक १५ सम्मको बक्स अफिस रिपोर्टअनुसार अर्को बलिदान चलचित्रले ५ करोड १० लाख भन्दा बढी कमाएको छ । १ लाख ७१ हजार ६३ ओटा टिकट विक्री गरेर सो चलचित्रले ५ करोड भन्दा बढी कमाएको हो ।
अर्को चलचित्र हरिबहादुरको जुत्ताले ४ करोड ७१ लाख ३७ हजार कमाएको छ । उक्त चलचित्रको १ लाख ४९ हजार २३७ वटा टिकट विक्रि भएको थियो ।
यस्तै, माइतिघरले १ लाख ४२ हजार ७१२ ओटा टिकट विक्री गरेर ४ करोड १५ लाख कमाएको छ अर्को चलचित्र वरिष्ठ बलरामको टिकट ८२ हजार ११७ ओटा विक्रि भएका छन् भने उक्त चलचित्रले २ करोड ४८ लाख कमाएको छ । अर्को मैझारो चलचित्रको टिकट ३३ हजार ९ सय ४२ विक्री भएका छन् भने उक्त चलचित्रले १ करोड भन्दा बढी कमाएको छ ।
प्रदर्शनमा आएको सोल्टिनीले खासै व्यापार गर्न सकेको देखिँदैन । उक्त चलचित्रको ८ हजार ८ सय ४ ओटा टिकट विक्री भएका छन् भने उक्त चलचित्रले समीक्षा अवधीमा २८ लाख ८० हजार मात्रै कमाएको रिपोर्टले देखाएको छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण