भेटिएको मोबाइलबाट मोबाइल बैंकिङ दुरुपयोग गरी पैसा चोर्ने पक्राउ
बुधबार, १९ कात्तिक २०८२, १६ : ५८
सारांश
- प्रहरीले मोबाइल बैंकिङ सेवा दुरुपयोग गरी १० लाख ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सर्लाहीका ३२ वर्षीय मुकेश कुमार मण्डल रहेका छन्, जसले हराएको मोबाइलबाट रकम ट्रान्सफर गरेका थिए।
- प्रहरीले मण्डललाई काठमाडौँको बौद्ध टुसालबाट पक्राउ गरी थप अनुसन्धानका लागि भद्रकाली पठाएको छ।
काठमाडौँ । भेटिएको मोबाइलमा रहेको मोबाइल बैंकिङ सेवा दुरुपयोग गरी रु. १० लाख ठगी गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सर्लाही चक्रघट्ट गाउँपालिका–५, पडरिया घर भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसाल बस्ने ३२ वर्षीय मुकेश कुमार मण्डललाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार मण्डलले पीडितको हराएको मोबाइल फेला पारी त्यसमा रहेको मोबाइल बैंकिङ सेवा प्रयोग गरेर आफ्नो बैंक र ईसेवा खातामा जम्मा रु. दश लाख ट्रान्सफर गरी ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
उक्त व्यक्तिलाई मिति २कार्तिक १८ गते बौद्ध टुसालबाट पक्राउ गरी ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौँ पठाइएको प्रहरीले बुधबार जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानिसमा पढ्ने बानी घट्दै गएकोमा प्रहरी महानिरीक्षक कार्कीको चिन्ता
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण