एमालेलाई चौतर्फी घेराबन्दी गरिएको छ : मुख्यमन्त्री कार्की
बुधबार, १९ कात्तिक २०८२, १९ : ०४
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिले एमालेमाथि चौतर्फी रूपमा घेराबन्दी गरिएको बताएका छन् ।
उनका अनुसार एमालेको जनसमर्थन र सङ्गठनात्मक शक्ति देखेर विभिन्न पक्षले राजनीतिक रूपमा घेराबन्दी गर्ने प्रयास गरिरहेको बताए ।
नेकपा (एमाले) महानगर कमिटी विराटनगरले आयोजना गरेको बैठकलाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सो घेराबन्दीबाटमाथि उठेर पार्टीलाई अझ सुदृढ बनाउन सबै कार्यकर्ताले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा (एमाले) का नेता रामलाल शाह, ऋषिकेश पोखरेल, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत, महानगर अध्यक्ष बलराम गिरीलगायतले आफ्ना धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण