बिर्तामोडमा भेटियो भदौ २४ गते लुटिएको राइफल
बुधबार, १९ कात्तिक २०८२, १९ : ४०
विराटनगर । भदौ २४ गते आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनिबाट लुटिएको एक थान इन्सास राइफल बिर्तामोडमा बेवारिसे अवस्थामा फेला परेको छ ।
उक्त हतियार आज दिउँसो बिर्तामोड–६ स्थित सुगम शान्ति टोलको तोरीवारी नजिक रहेको सिमल तरुलको झाडीमा फेला परेको प्रहरीले जनाएको छ । उक्त हतियार भदौ २४ गतेको जेनजी आन्दोलनमा लुटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार अपराह्न ४ः४५ बजेको समयमा झाडीमा लुकाइएको अवस्थामा हतियार फेला परेको हो । सिरियल नम्बर ०३११००८७२ रहेको इन्सास हतियार एक थान, सोही हतियारको म्याग्जिन एक थान, २१ राउन्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण