स्वस्तिका र शिभाली सेमिफाइनलमा
सारांश
- स्वस्तिका विष्ट र शिभाली गुरुङ महिला सिंगल्स टेनिसको सेमिफाइनलमा प्रवेश गरे।
- प्रदीप खड्का, छेवाङ लामा, राजवीर प्रधानलगायत पुरुष खेलाडी क्वाटरफाइनलमा पुगे।
- विभिन्न उमेर समूहका बालबालिकाको टेनिस प्रतिस्पर्धा पनि सम्पन्न भयो।
काठमाडौँ । स्वस्तिका विष्ट र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको महिला सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा स्वस्तिकाले कर्मिस्था श्रेष्ठलाई ६–० र ६–० तथा शिभालीले साल्भी शेरचनलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पराजित गरे ।
पुरुष सिंगल्समा प्रदीप खड्काले देवाशिष रेउलेलाई ६–० र ६–१, आयुशमान हजुर घलेलाई ६–२ र ६–१, छेवाङ लामाले निश्चल कायश्थलाई ७–५ र ६–४, राजवीर प्रधानले सर्वेश खनाललाई ६–० र ६–१, प्रणव मानन्धरले विपुल अधिकारीलाई ६–० र ६–२, सक्षमविक्रम शाहले दर्शिल श्रेष्ठलाई ६–४ र ६–४, निशान श्रेष्ठले असभसम्राट हाडालाई ६–० र ६–० तथा निहालजंग बहादुर थापाले सन्तोष खत्रीलाई ६–४ र ६–३ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगिताको यु–८ ब्वाइज सिंगल्समा गगन श्रेष्ठले विविध भट्टचनलाई १०–६, ८–१० र १०–४ तथा सर्वज्ञजंग खत्रीले सत्विक मल्होत्रालाई १०–६ र १०–६ ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे । सो स्पर्धाको गर्ल्समा स्वर्णिमा श्रेष्ठले बेनाफ्सा महर्जनलाई १०–६ र १०–४ तथा भानी राजभण्डारीले अनुपमा श्रेष्ठलाई १०–८ र १०–८ ले पन्छ्याउदै फाइनलमा स्थान पक्का गरे ।
यु–९ गर्ल्स सिंगल्समा निम्ति कुँवर, अमिरा गुप्ता, सहारा कायश्थ र हीरादेवी ऐडीले जित हात पारे । त्यसै स्पर्धाको ब्वाइजमा सर्वज्ञजंग खत्री विजयी भए ।
यु–१० ब्वाइज सिंगल्समा सोनाम घले, आहान भट्टराई, कायान चालिसे र भिरल अग्रवालले सफलता पाए ।
यु–१२ ब्वाइज सिंगल्समा आरित मल्ल, निधाये राणा, अभिषेक बलयल्कोटी, वेदान्त चालिसे, सभ्यजंग कार्की, सुजन कुइकेल, अर्याशराज पौडेल र विश्वविशेष डल्लाकोटी सफल भए । उक्त स्पर्धाको गर्ल्समा स्वराह थापा, अनुश्री ध्वजु, सरा पन्त र नाइरा घलेले जित हात पारे ।
यु–१६ ब्वाइज सिंगल्समा सुरेन्द्र विक, असभसम्राट हाडा, साङ्गे रोकाया र दर्शिल श्रेष्ठ विजयी भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण