युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्न अन्तरराष्ट्रिय दिवस मनाइँदै
सारांश
- युएनइपीको अगुवाइमा युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्न अन्तरराष्ट्रिय दिवस मनाइयो।
- संयुक्त राष्ट्रसङ्घले दिगो शान्ति स्थापना र द्वन्द्वको रोकथाममा वातावरणीय सुरक्षालाई जोड दिएको छ।
- महासचिव एन्टोनियो गुटेरेसले दिगो शान्ति र विकासका लागि वातावरणको रक्षा गर्न आह्वान गरे।
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी)को अगुवाइमा युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्न अन्तरराष्ट्रिय दिवस आज विश्वका विभिन्न मुलुकमा मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा युद्ध र द्वन्द्वका क्रममा वातावरणमा पर्ने असरप्रति चेतना फैलाउने उद्देश्यले सन् २००१ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
संयुक्त राष्ट्रसङ्घले दिगो शान्ति स्थापना र द्वन्द्वको रोकथामका रणनीतिहरूमा वातावरणीय सुरक्षालाई महत्वपूर्ण अङ्गका रूपमा समावेश गरेको छ । यो विश्व संस्थाले जीविकाको आधार प्राकृतिक स्रोतसाधन र पारिस्थितिकीय प्रणालीको संरक्षणबाट नै दिगो शान्ति सम्भव हुनेमा जोड दिँदै आएको छ ।
युद्धका क्रममा पानीका मुहान प्रदूषित हुने, बाली डढाइने, वन फँडानी हुने, माटो विषाक्त बन्ने र जनावरको हत्या हुने भएकाले यस्ता गतिविधिले वातावरणमा गम्भीर असर पर्ने गरेको छ ।
युएनइपीका अनुसार बितेका ६० वर्षमा भएका सबै आन्तरिक द्वन्द्वमा काठ, हीरा, सुन, तेलजस्ता बहुमूल्य स्रोतदेखि उर्वर भूमि जमिन र पानीका स्रोतको कम्तीमा ४० प्रतिशत दुरुपयोग भएका छन् ।
यसै अवसरमा दिएको सन्देशमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गुटेरेसले दिगो शान्ति स्थापनाका लागि वातावरणीय सुरक्षा अनिवार्य रहेको भन्दै विश्वका सबै देशलाई जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको दुरुपयोग विरुद्ध एकजुट हुन आग्रह गरे ।
“हामीले पृथ्वीको रक्षा नगरेसम्म मानव सभ्यता सुरक्षित रहन सक्दैन । युद्ध र वातावरणीय विनाशविरुद्ध लड्नु नै दिगो शान्ति र विकासको मार्ग हो”, महासचिव गुटेरेसले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण