वैकल्पिक राजनीतिक शक्तिबिच ध्रुवीकरणको प्रयास
सारांश
- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको संयोजनमा वैकल्पिक राजनीतिक शक्तिहरूबीच ध्रुवीकरणको प्रयासबारे छलफल भयो।
- बैठकमा जनार्दन शर्मा, डीपी अर्याल, समीक्षा बास्कोटा लगायतका नेताहरूको उपस्थिति थियो।
- समीक्षा बास्कोटाले यो बैठकलाई वैकल्पिक ध्रुवीकरणको प्रारम्भिक चरणको रूपमा वर्णन गरिन्।
काठमाडौँ । बानेश्वरको एक होटलमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको संयोजनमा वैकल्पिक राजनीतिक शक्तिहरूबिच ध्रुवीकरणको प्रयास गर्न छलफल भएको छ ।
बैठकमा प्रगतिशील अभियानका संयोजक जनार्दन शर्मा, सुदन किराँती, रास्वपाका कार्यावाहक सभापति डीपी अर्याल, कुलमान घिसिङको उज्यालो नेपाल अभियानका तर्फबाट गणेश घिसिङ, नेसपा नयाँ शक्तिकी दुर्गा सोब, मानुषी भट्टराई, विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटालगायत उपस्थित भएका थिए ।
विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आजको बैठक वैकल्पिक राजनीतिक ध्रुवीकरणको प्रारम्भिक चरण भएको बताइन् । छलफलको मुख्य एजेन्डा ‘बृहत्तर ध्रुवीकरण’ भए पनि यसको स्वरूप र कार्यान्वयनको ‘कसरी’ भन्ने विषयमा भने थप बैठक र छलफल आवश्यक रहेको बाँस्कोटाले बताइन्।
उनले भनिन्, ‘अहिलेको छलफल भनेको वैकल्पिक ध्रुवीकरणमा हामी जानुपर्छ भन्नेमा सबैको स्पष्ट धारणा बनाउने कुरा मात्र हो । कसरी जाने भन्ने विषयमा शृङ्खलाबद्ध बैठकहरूको माग हुनेछ र त्यसको रोडम्याप भोलिको दिनले देखाउला ।’
बास्कोटाका अनुसार यो छलफल सरकारलाई निर्वाचन केन्द्रित बनाउने, वैकल्पिक शक्तिलाई एकताबद्ध गर्ने तथा राजनीतिक समसामयिक विषयमा केन्द्रित थियो । उनले बैठकलाई धेरै बढाइचढाइ नगरी ‘सामान्य इनिसियल बैठक’ का रूपमा बुझ्न आग्रह गरिन् ।
बास्कोटाले भनिन् ‘हामीले ८४ सालकै निर्वाचनका लागि पनि बृहत्तर ध्रुवीकरण आवश्यक छ भन्दै आएका थियौं। जेनजी आन्दोलनपछि राजनीतिले नयाँ कोर्स लिनुपर्छ भन्नेमा हाम्रो स्पष्ट धारणा छ ।’ उनले वैकल्पिक राजनीति गर्छु भन्ने सबै समूह, दल र नयाँ खुल्ने दलहरू एक ठाउँमा आउनु पर्ने आवश्यकता औँल्याउँदै त्यही अनुरूप बैठक बसेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण