दराज ११.११ कातिक २४ गते राति ८ बजेदेखि सुरु हुँदै, ८५ प्रतिशत सम्म छुटदेखि स्कुटर जित्ने अवसर
काठमाडौँ । ई–कमर्स प्लेटफर्म दराज नेपालले वर्षकै सबैभन्दा ठूलो सेल दराज ११.११, ‘द बिगेस्ट सेल अफ दि ईयर’ आयोजना गर्ने घोषणा गरेको छ। ‘फर दि शोस्टपर ईन यू’ थीममा आधारित यो मेगा(सेल कार्तिक २४ गते (नोभेम्बर १०) को राति ८ बजेदेखि सुरु भएर मङ्सिर ५ गते (नोभेम्बर २१) सम्म चल्नेछ।
करिब दुई साता लामो यो अभियानमा ग्राहकहरूले सबै श्रेणीका उत्पादनहरूमा अभूतपूर्व छुट र रोमाञ्चक अफर प्राप्त गर्न सक्नेछन्। यस वर्षको ११.११ मा ८५ प्रतिशत सम्मको फ्ल्याश सेल, ७५ प्रतिशत सम्मको मेगा डिल, र ७० प्रतिशत सम्मको हट डिलहरू उपलब्ध हुनेछन्। साथै, ११/१११/१,१११/११,१११ रुपैयाँको अत्यधिक लोकप्रिय डिलहरू पनि उपलब्ध हुनेछन्।
रोमाञ्चकता थप्नका लागि १ रुपैयाँ डिल पनि सञ्चालन गरिनेछ। यस डिलमा १ रुपैयाँ मूल्यांकन गरिएका निःशुल्क उत्पादन अर्डर गर्नेमध्ये एक भाग्यशाली उपभोक्ताले एथर रिज्टा इलेक्ट्रिक स्कुटर जित्ने अवसर पाउनेछन्।
सेलको सुरुवातमा मिडनाइट रश आवर अन्तर्गत राति ८–९ बजे र १२–१ बजेसम्म ८ प्रतिशत हाई भ्यालुका भाउचरहरू (रु.१,१११ सम्म) उपलब्ध हुनेछन्।
दराजले यस पटक सात प्रमुख बैंकहरूसँग सहकार्य गर्दै प्रिपेमेन्टमा विशेष छुटको व्यवस्था गरेको छ । जसमा क्रेडिट कार्ड प्रयोगकर्ताका लागि २० प्रतिशत छुट (रु.२,००० सम्म) र डेबिट कार्ड प्रयोगकर्ताका लागि १५ प्रतिशत छुट (रु. १,५०० सम्म) राखिएको छ ।
यस अभियानमा सेताफिल, यूनिलिभर, एंकर, नाइक लगायतका अन्तर्राष्ट्रिय र राष्ट्रिय ब्रान्डहरू प्लेटिनम, गोल्ड र सिल्भर पार्टनरका रूपमा सहभागी हुनेछन्। ग्राहकको विश्वास बढाउन ११.११ अगावै दराजले आफ्नो ‘दराजमल’ लाई परिस्कृत गरेको छ, जहाँ प्रमाणित ब्रान्डका वस्तुहरू उपलब्ध हुनेछन् र ग्राहकले तीन गुणासम्मको क्यासब्याक ग्यारेन्टी पाउन सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण