रवि लामिछानेको मुद्दाको पालो कुर्दै कानुन व्यवसायी
सारांश
- रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ उच्च अदालत तुलसीपुर बुटवलमा हुँदैछ।
- इजलासमा पहिलो मुद्दा सकिएपछि रवि लामिछानेको मुद्दामा बहस सुरु हुनेछ।
- रवि पक्षका कानुन व्यवसायी बहसका लागि तयारी अवस्थामा छन्।
रुपन्देही । सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि आज पेसी चढेको छ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा यो मुद्दा ३ नम्बरमा परेको छ। इजलासमा पहिलो मुद्दा सकिएर अहिले दोस्रो मुद्दा (लागु औषधसम्बन्धी) माथि बहस चलिरहेको छ। दोस्रो मुद्दा सकिएलगत्तै रविको मुद्दामा बहस सुरु हुनेछ।
रवि पक्षका एक कानुन व्यवसायी बाबुराम पाण्डेयले रातोपाटीसँग कुरा गर्दै बहसका लागि आफूहरू तयारी अवस्थामा रहेको बताएका छन्। उनले मुद्दाको पालो नआएकाले पर्खेर बसिरहेको जानकारी दिए।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा लामिछाने पुर्पक्षका लागि थुनामा छन्। सहकारीमा अपचलन गरेको भनिएको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो।
जिल्ला अदालतको सो आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण