एम्बुलेन्समा भेटियो ३३ किलो गाँजा
सारांश
- मोरङ प्रहरीले एम्बुलेन्स प्रयोग गरी गाँजा तस्करी गरिरहेका दुई जनालाई पक्राउ गरेको छ।
- प्रहरीले हातिबन्दामा एम्बुलेन्सभित्र लुकाएर राखेको ३३.६१० किलोग्राम गाँजा बरामद गरेको छ।
- गाँजासहित एम्बुलेन्स चालक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले एम्बुलेन्स प्रयोग गरी लागुऔषध गाँजा तस्करी गरिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ ।
बुधबार राति करिब १० बजे मोरङको जहदा गाउँपालिका–०३ हातिबन्दास्थित सडकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स १ च ६५६ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो।
लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा एम्बुलेन्सभित्र दुई वटा कालो रङ्गको झोलामा लुकाएर राखिएको ३३.६१० किलोग्राम अवैध गाँजा फेला परेको थियो।
प्रहरीले गाँजासहित एम्बुलेन्स चालक विराटनगर–०५, कोचाखल निवासी ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्सलाई स्कर्टिङ गरिरहेका को ३१ प ८८८९ नम्बरको मोटरसाइकलका चालक जहदा–०३, हातिबन्दाका ३२ वर्षीय दिलीप कुमार राजवंशीलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण