देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला
बिहीबार, २० कात्तिक २०८२, १४ : ०२
सारांश
- विभिन्न जिल्लाहरूमा पछिल्लो २४ घण्टामा चार जना मानिस मृत फेला परेका छन्।
- मोरङ, बाँके र इलाममा व्यक्तिहरू मृत अवस्थामा भेटिएका हुन्।
- प्रहरीले घटनाहरूको अनुसन्धान गरिरहेको छ।
काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टाभित्र चार जना मानिस मृत अवस्थामा फेला परेका छन्।
मोरङको मिक्लाजुङ गाउँपालिका-६, कत्लेस्थित सडक छेउमा उर्लाबारी नगरपालिका-१ बस्ने ४२ वर्षीय मनकुमार तामाङ बुधबार मृत भेटिएका छन्। यसैगरी, मोरङकै ग्रामथान गाउँपालिका-७, साधुटोलस्थित पैनी (सानो कुलो) मा धनपालथान गाउँपालिका-५ बस्ने ५६ वर्षीय दुर्गा प्रसाद खवास बिहीबार मृत अवस्थामा फेला परेका छन्।
उता, बाँकेको खजुरा गाउँपालिका-२, एल गाउँमा बस्ने २८ वर्षीय लोग बहादुर सुनार आफ्नै घरभित्र बुधबार मृत अवस्थामा भेटिएका छन्। यस्तै, इलामको देउमाई नगरपालिका-७, सिउरेनीस्थित माईखोलाको किनारमा माई नगरपालिका-९ बस्ने ५० वर्षीय अर्जुन मगर बुधबार मृत अवस्थामा फेला परेका छन्।
प्रहरीले यी सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण