जेनजी अगुवालाई बाबुरामको सुझाव : तुरुन्तै लिखित सहमति गर्नुस्
सारांश
- डा. बाबुराम भट्टराईले जेनजी अगुवाहरूलाई आन्दोलनलाई वैधता दिन सरकारसँग सहमति गर्न दबाब दिन सुझाव दिए।
- भट्टराईले सरकारले सहमति नगरे जेनजी र सरकार दुवैलाई खतरा रहेको बताए, र भ्रष्टाचारीलाई कारबाहीको माग गरे।
- उनले विदेशमा रहेका नेपालीलाई भोट हाल्ने र जेनजी उमेर समूहलाई उम्मेदवार बनाउन कानुन संशोधनको दबाब दिन सुझाव दिए।
काठमाडौँ । नेसपा (नयाँ शक्ति)का नेता डा.बाबुराम भट्टराईले जेनजी अगुवाहरूलाई जेनजी आन्दोलनलाई वैधता दिन सरकारलाई तत्काल सहमति गर्न दबाब दिन सुझाव दिएका छन् । बिहीबार जेनजी अगुवासँगको अन्तरक्रियापछि डा.भट्टराईले यस्तो सुझाव दिएका हुन् ।
‘तपाईंहरुलाई झुलाइरहेका छन् यसरी नझुल्नुस् । अब तुरुन्तै एउटा टिम बनाएर कति बुँदे हुन्छ, लिखित सहमति गर्नुस् यसो गर्दा अभिलेखीकरण हुन्छ’, उनले भने- ‘यो सरकारको दायित्व जनेजीप्रति हो भनेर भनिरहेको छु ।’
उनले माग मुद्दाका सवालमा सरकारले सहमति नगरे यो सरकार पनि प्यारालाइज्ड हुने र अन्ततः जेनजीहरु पनि क्रिमिनलाईज हने खतरा रहेको बताए । ‘एउटा आयोग गठन त भइसकेको छ । त्यसमा पनि कतिपय प्रमाण पनि नष्ट हुँदै गएको छ’, उनले भने– ‘भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भन्ने तपाईंहको माग मुख्य हो ।’
उनले भ्रष्टाचारीलाई कारबाहीको सुरुवात मात्रै भए पनि यो सरकारले गर्नुपर्ने र त्यसका लागि सरकारलाई जेनजीहरुले दबाब दिन छाड्नु नहुने सुझाव दिए । ‘सँगसँगै चुनाव पनि गर्नुपर्छ चुनाव भएन भने संविधान डिरेल हुन्छ’, उनले भने– ‘त्यसले आधा गिलास पनि घोप्ट्याउने काम हुन्छ । विदेशमा भएकाले पनि भोट हाल्न पाउने व्यवस्था हुनुपर्यो ।’
उनले विदेशमा रहेका नेपाली नागरिकलाई भोट हाल्ने र जेनजी उमेर समूह पनि उम्मेदवार हुन पाउने गरी कानुन संशोधनका लागि सरकारलाई दबाब दिन सुझाव दिए ।
‘उम्मेदवार हुने उमेर पनि घटाउनुपर्छ । उमेरदवारका लागि १८ र २१ गर्न सकिन्छ’, भट्टराईले भने– ‘त्यसो गर्दै नयाँ र वैकल्पिक शक्ति एक ठाउँमा आउन पनि दबाब दिनुस् । त्यसो गरे मात्र आगामी निर्वाचनमा पुराना दलहरूलाई विस्थापित गर्न सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण