आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

जहाँ चिच्याएर वर मागिन्छ...

पाल्पाको सत्यवती तालमा कार्तिके पूर्णिमा मेलाको रौनक
बिहीबार, २० कात्तिक २०८२, १४ : ४४
बिहीबार, २० कात्तिक २०८२

सारांश

  • सत्यवती तालमा लागेको पाँच दिने कार्तिके पूर्णिमा मेलामा यस वर्ष श्रद्धालुको ठूलो उपस्थिति रह्यो।
  • मेलाको अन्तिम दिन बुधबार १ लाख ५० हजारभन्दा बढी श्रद्धालुले सत्यवती बज्यैको दर्शन गरे।
  • सत्यवती मेलामा पाल्पा, छिमेकी जिल्ला र भारतबाट समेत भक्तजनहरू आएका थिए।

पाल्पा । पाल्पाको कोलडाँडास्थित सत्यवती तालमा लाग्ने पाँच दिने कार्तिके पूर्णिमा मेलामा यस वर्ष ठूलो सङ्ख्यामा श्रद्धालुहरूको उपस्थिति रहेको छ। मेलाको अन्तिम दिन बुधबार अत्यधिक भीड लागेको थियो।

Satyawati Mela_NPL (1)

मंगलबार साँझदेखि बुधबार साँझसम्मको २४ घण्टाको अवधिमा १ लाख ५० हजारभन्दा बढी श्रद्धालुले सत्यवती बज्यैको दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए।

Satyawati Mela_NPL (2)

मेला भर्न आउने भक्तजनहरूले ताललाई तीन पटक घुम्ने, आफूले लगेको बाँसको पाती वा लिँगो तालको छेउमा गाड्ने, पूजा गर्ने र चिच्याएर वर माग्ने जस्ता परम्परागत विधि पूरा गरेका थिए।

Satyawati Mela_NPL (4)

'कान कम सुन्ने बज्यै' भएको जनविश्वास रहेकाले चिच्याएर वर माग्दा भाकल पूरा हुने धार्मिक मान्यता छ। भाकल पूरा हुनेहरूले भाकलअनुसार बोका वा कुखुरा लिएर आउने गरेका छन्।

Satyawati Mela_NPL (5)

सत्यवती मेलामा पाल्पाबाहेक छिमेकी जिल्लाहरू रुपन्देही, कपिलवस्तु, नवलपुर, अर्घाखाँची, स्याङ्जा, कास्की, बाग्लुङ, काठमाडौँ र चितवनबाट समेत श्रद्धालुहरू आउने गर्छन्। यसका साथै छिमेकी मुलुक भारतको गोरखपुर, सुनौली, नौतुना लगायतका स्थानबाट पनि ठूलो सङ्ख्यामा भक्तजनहरू दर्शनका लागि आउने गरेका छन्।

Satyawati Mela_NPL (6)Satyawati Mela_NPL (7)Satyawati Mela_NPL (8)Satyawati Mela_NPL (9)Satyawati Mela_NPL (10)Satyawati Mela_NPL (11)Satyawati Mela_NPL (12)Satyawati Mela_NPL (13)Satyawati Mela_NPL (14)Satyawati Mela_NPL (15)

मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप