भोजपुरमा ५१ हजार मेट्रिक टन आलु उत्पादन
भोजपुर । जिल्लामा गत आर्थिक वर्षमा ५१ हजार नौ सय मेट्रिक टन आलु उत्पादन भएको छ ।हिउँदे र वर्खे गरी यहाँ ५१ हजार मेट्रिक टन बढी आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यहाँ दुई सिजनमा गरी तीन हजार २७२ हेक्टर क्षेत्रमा आलु उत्पादन हुने कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी धनश्याम बरालले जानकारी दिए ।
विगतमा निर्वाहमुखी खेतीमा सीमित किसानहरू अहिले व्यावसायिक रूपमा आलु खेतीमा लाग्न थालेका उनले बताए ।
“जिल्लामा पछिल्लो समय व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ” उनले भने,“गत वर्ष भोजपुरमा ५१ हजार मेट्रिक टन भन्दा बढी आलु उत्पादन भएको थियो । आलु किसानको राम्रो आम्दानीको श्रोत बनेको छ ।”
ज्ञान केन्द्रले उन्नत जातको बीउ वितरणसँगै विभिन्न ठाउँमा आलु पकेट क्षेत्र निर्धारण गरेर प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
जिल्लामा वर्खे आलुको उत्पादन बढी हुने गरेको किसानको भनाइ छ । ग्रामीण क्षेत्रसम्म सडक विस्तार भएपछि उत्पादित आलु बेचबिखन गर्न सहजता भएको टेम्केमैयुङ– ५ मझौलेका किसान धनराज राईले बताए । सडकका पहुँचका कारण अहिले आलु किन्न ठेकेदारहरू गाडी लिएर घरमा नै आउने गरेको उनको भनाइ छ ।
“पहिले बेचबिखन गर्न निकै समस्या थियो’ उनले भने,“पिठ्यूँमा बोकेर बेँसीसम्म लगेर र धानसँग सटही गर्थ्याैँ । तर सडक विस्तार भएपछि अहिले ठेकेदारहरू गाडी लिएर घरमै आउँछन्।”
उनका अनुसार सडक पुगेसँगै किसानले उत्पादनको मूल्य समयमै पाउने र बजारसम्म सहज पहुँच बनेपछि आलु खेतीप्रति अझ आकर्षित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण