आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बलिउड फिल्म ‘हक’को याचिका खारेज

बिहीबार, २० कात्तिक २०८२, १५ : ५८
बिहीबार, २० कात्तिक २०८२

काठमाडाैँ । भारतस्थित मध्य प्रदेशको उच्च अदालतले बलिउड फिल्म ‘हक’को रिलिज विरुद्ध शाह बानोकी छोरीको याचिका खारेज गरिदिएको छ ।

इमरान हाश्मी र यामी गौतमको मुख्य अभिनय रहेको यो फिल्म नोभेम्बर ७ मा रिलिज हुँदैछ । बार एण्ड बेन्चको रिपोर्ट अनुसार, शाह बानो बेगमकी छोरी सिद्दीका बेगम खानले फिल्म विरुद्ध याचिका दिएकी थिइन् । फिल्मले शाह बानोको जीवनका निजी घटनाहरूलाई तोडमोड गरेर प्रस्तुत गरेको आरोप उनको छोरीको थियो ।

फिल्म निर्माताहरूले बानोको परिवार वा उनको कानुनी उत्तराधिकारीहरूको सहमति बिना यस्ता निजी घटनाहरू देखाउने फिल्म बनाउन नपाउने सिद्दीका बेगम खानको तर्क थियो । 

मध्य प्रदेश उच्च अदालतको इन्दौर बेन्चका न्यायाधीश प्रणय वर्माले उनको सो तर्क खारेज गरेका छन् । लाइभ ल रिपोर्ट अनुसार, फिल्मको अस्वीकरणमा यो काल्पनिक भएको उल्लेख गरेको उच्च अदालतले उल्लेख गरेको छ ।

अस्वीकरणमा फिल्म ‘बानोः भारतकी बेटी’ नामको पुस्तकको रूपान्तरण भएको बताइएको अनि यो १९८५ को सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट प्रेरित भएकोले यसलाई केही छुट दिन सकिने पनि अदालतले उल्लेख गरेको छ ।

फिल्मले याचिकाकर्ताको आमाको गलत चित्रण नगरेको अनि यसले कुनै व्यक्तिको सत्य कथा भएको दाबी नगरेको पनि बताइएको छ । 

फिल्म अहमद खान विरुद्ध शाह बानो बेगमको मुद्दामा १९८५ मा सर्वोच्च अदालतको निर्णयमा आधारित भएको भनेर दाबी नगरिएको अनि नाटकीयकरणको लागि प्रयोग गरिएको कुनै पनि व्यक्तिगत विवरण असत्य नभएको उल्लेख गरेको पनि अदालतले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप