बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चलचित्रकर्मीले किन भेटे सञ्चारमन्त्री खरेललाई ?

बिहीबार, २० कात्तिक २०८२, १६ : ५३
बिहीबार, २० कात्तिक २०८२

सारांश

  • मन्त्री जगदीश खरेलले सेन्सर बोर्डको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
  • चलचित्रकर्मीहरूसँगको छलफलमा फिल्म क्षेत्रका समस्या र सेन्सर बोर्डका समस्याबारे कुरा भएको थियो।
  • मन्त्रीले समस्या समाधानका लागि सचिव र महाशाखा प्रमुखहरूलाई समन्वय गर्न निर्देशन दिए।

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को काम कारबाहीलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । बिहीबार मन्त्रालयमा चलचित्रकर्मीहरूसँगको छलफल पछि उक्त निर्देशन दिएका हुन् ।

छलफलमा चलचित्रकर्मीले फिल्म क्षेत्रको समस्या र सेन्सर बोर्डका समस्याको जानकारी गराएका थिए । मन्त्री खरेलले मन्त्रालयका सचिव राधिका अर्याल र महाशाखा प्रमुखहरूलाई सेन्सर बोर्ड तथा अन्य विकास बोर्डहरूसँग आवश्यक समन्वय गरी समस्या समाधान गर्न निर्देशन दिएका हुन्। 

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश दाहालको पहलमा मन्त्रालयमा आयोजना भएको छलफलमा सञ्चार सचिव राधिका अर्यालले पनि सेन्सर बोर्डबारे अत्यधिक समस्या र गुनासा आएको स्वीकार गर्दै यस विषयमा आफूले गम्भीरतापूर्वक बुझेर आवश्यक कदम चाल्ने बताइन् ।

छलफलमा प्रदीप खड्का, प्रदीप भट्टराई, जितु नेपाल पुष्प खड्का, नरेन्द्र महर्जन, नीति शाह, केदार घिमिरेलगायतको सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप