पोखरा सहकारी हिनामिनाः मंसिर २ भित्र जाहेरी दिन बचतकर्तालाई प्रहरीको आग्रह
पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिनापछि बचतकर्तालाई जाहेरी दिन प्रहरीले सूचना जारी गरेको छ ।
सहकारी रजिस्ट्रार कार्यालयको सिफारिसका आधारमा प्रहरीले ८ जनालाई पक्राउ गरिसकेको छ । सहकारीको झण्डै ८९ करोड हिनामिना भएको वित्तीय रिपोर्टमा उल्लेख छ ।
बचत र कारोबारको प्रमाण, कागजातसहित मंसिर २ गतेभित्र जाहेरी दिन प्रहरीले आग्रह गरेको हो । ‘सहकारीमा रकम जम्मा गरेको आधार देखिने सेयर धनी प्रमाण पत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागज सहित कानुनबमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त लिई यस जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्नु हुन सम्पूर्ण बचतकर्ताहरुमा सूचित गरिएको छ,’ सूचनामा भनिएको छ ।
कास्की प्रहरीले सहकारीका अध्यक्ष सुरेन्द्र बहादुर गोदार, उपाध्यक्ष शम्भुराज बाँस्तोला, सचिव दिल बहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रताप गुरुङलाई पक्राउ गरेको छ ।
यस्तै सदस्य दोर्जे तामाङ, सुपरभाइज मार्केट प्रमुख, बेदीप्रसाद सुवेदी पनि पक्राउ परेका छन् । थप प्रतिवादीहरूको खोजी भइरहेको कास्की प्रहरीका सूचना अधिकारी हरीबहादुर बस्नेतले जानकारी दिए ।
सहकारीको ठगी आरोपमा सञ्चालकसँगै ऋणीलाई पनि प्रतिवादी बनाएर कारबाही गर्न रजिस्ट्रारको कार्यालयले सिफारिस गरेको छ । ऋणी मात्रै ३ सयभन्दा बढी तथा वर्तमान र पूर्वसहित ३५ जना सञ्चालक समिति सदस्य कारबाहीको भागीदार रहेका रजिस्ट्रार भेषराज रिजालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण