पोखरामा बन्यो भैरव मन्दिर
शुक्रबार, २१ कात्तिक २०८२, ०९ : ५९
सारांश
- पोखराको भैरवटोलमा नेवारी संस्कृति झल्काउने भैरव मन्दिर १ करोड ७० लाखमा निर्माण भएको छ।
- भैरव मन्दिरमा कात्तिक २६ गते कालभैरवको प्रस्तर प्रतिमाको प्राणप्रतिष्ठा गरिनेछ।
- पोखरामा नेवार समुदायले काठमाडौँ उपत्यकाको सांस्कृतिक परम्परालाई निरन्तरता दिएका छन्।
कास्की । काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव मन्दिर पोखराको भैरवटोलमा रु एक करोड ७० लाख ८८ हजार ६१५ को लागतमा निर्माण भएको छ ।
यही कात्तिक २६ गते मन्दिरमा कालभैरवको प्रस्तर प्रतिमा तान्त्रिक विधिबाट प्राणप्रतिष्ठा गरिने भैरव सांस्कृतिक संरक्षण समितिले जनाएको छ ।
समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गका अनुसार पोखरामा नेवार समुदायको आगमनसँगै काठमाडौँ उपत्यकाका सांस्कृतिक परम्परा गण नृत्य (बाह्र भैरव नृत्य), भजन तथा नेवारी अनुष्ठानलाई यो समुदायले निरन्तरता दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण