माधवलाई दामोदरका नौ प्रश्न : विघटन भएको पार्टीको लेटरप्याड प्रयोग गर्न अप्ठेरो लागेन ?
सारांश
- एकीकृत समाजवादीका नेता दामोदर अर्यालले माधवकुमार नेपालमाथि कटाक्ष गरे।
- अर्यालले पार्टीको लेटरप्याड प्रयोग गरेर कारबाही गरेकोमा प्रश्न उठाए।
- उनले पार्टी विघटन भइसकेपछि लेटरप्याड प्रयोग गरेकोमा आपत्ति जनाए।
काठमाडौँ । एकता प्रक्रियामा नगएका नेकपा एकीकृत समाजवादीका नेता दामोदर अर्यालले सोही पार्टीका पुर्वअध्यक्ष माधवकुमार नेपालमाथि कटाक्ष गरेका छन् । साथै उनले विघटन भैसकेको पार्टीको लेटरप्याड प्रयोग गरेर आफूहरूमाथि कारबाही गरेको वक्तव्य निकाल्न अप्ठेरो लागेन भनेर प्रश्न गरेका छन् ।
नेता नेपाललाई सम्बोधन गर्दै अर्यालले सामाजिक सञ्जालमा भनेका छन् । ‘यहीँ कार्तिक १९ गते तपाईँले आफैले विघटन गरिसक्नु भएको नेकपा (एकीकृत समाजवादी) को लेटरप्याडलाई दुरुपयोग गर्दै कार्तिक २० गते एउटा वक्तव्य सार्वजनिक गर्नुभयो, जसमा म लगायत अरू ६ जनालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरिएको छ । जुन कुरा मैले सार्वजनिक सञ्चारमाध्यमबाट थाहा पाएँ’, अर्यालले भनेका छन्, ‘दुनियाँलाई थाहा छ, तपाईँले हाम्रो प्यारो पार्टीलाई कृत्रिम बहुमत पुर्याएर १९ गते नै माओवादी पार्टीमा विलय गरिसक्नु भएको थियो । तर कारबाहीको वक्तव्य कात्तिक २० गते सार्वजनिक गर्नुभयो ।’
उनले विघटन भैसकेको पार्टी जसको कानुनी अस्तित्व नभएको अवस्थामा त्यसको लेटरप्याड एक दिनपछि गैरकानुनीढंगले प्रयोग गर्न तपाईँलाई अलिकति पनि अप्ठ्यारो लागेन ? भन्दै प्रश्न गरेका छन् । साथै उनले कात्तिक १९ गते कतिखेर बैठक बस्नुभयो ? बैठक नै नबसी बैठकको निर्णय भनेर हस्ताक्षर गर्दा हात कामेन कमरेड ? बस्नुभएको छ भने त्यसको माईन्युट सार्वजनिक गर्न सक्नुहुन्छ ?भन्दै प्रश्न गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण