कामलेगी समुद्री आँधीका कारण भियतनाममा तीन जनाको मृत्यु
सारांश
- कामलेगी आँधीले भियतनाममा ३ जनाको ज्यान लियो, जसमध्ये एक जनाको घर भत्किँदा र दुई जनाको गिया लाई प्रान्तमा मृत्यु भयो।
- विपद् व्यवस्थापन साइटले क्षतिको विवरण सार्वजनिक गरेको छैन, तर आँधीले मध्य भियतनाममा ठूलो क्षति पुर्याएको छ।
- आँधी आउनुअघि उद्धारका लागि २ लाख ६० हजार सेना परिचालन गरिएको थियो र आँधी कम्बोडिया र लाओसतर्फ अघि बढेको छ।
हानोई । समुद्री आँधी कामलेगी यो वर्षको सबैभन्दा डरलाग्दो समुद्री आँधी बनेको छ । फिलिपिन्समा ११४ जनाको मृत्यु गराएको यो आँधीले भियतनाममा पनि वितण्डा मच्चायो छ । आँधीका कारण भियतनाममा थप ३ जनाको मृत्यु गराएको छ ।
दाक लाक प्रान्तमा घर भत्किँदा एक जनाको मृत्यु भएको बताइएको छ । अरु दुई जनाको भने गिया लाई प्रान्तमा मृत्यु भएको स्थानीय सञ्चार माध्यमले भनेका छन् । सरकारको विपद् व्यवस्थापन साइटले अहिलेसम्म अनुमानित क्षति र मृतकको संख्या जारी गरेको छैन ।
गएको हप्ता भएको कीर्तिमानी वर्षाका कारण ५० जनाको मृत्यु भएको घटनाबाट मध्य भियतनाम उब्रिन संघर्ष गरिरहेकै समयमा समुद्री आँधीले विध्वंस मच्चाएको हो ।
समुद्री आँधी आइपुग्नु अघि भियतनामको सेनाले उद्धार कार्यका लागि २ लाख ६० हजार सेनालाई परिचालन गरेको थियो भने ६ हजार ७०० सवारी साधन र ६ विमान पनि तयार राखिएको थियो । मध्य भियतनाममा तहसनहस गरेपछि आँधी प्रतिघन्टा ९२ माइलको गतिमा कम्बोडिया र लाओसतर्फ लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण