थपिए १ लाख ३६ हजार नयाँ मतदाता
शुक्रबार, २१ कात्तिक २०८२, १७ : २९
सारांश
- निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो।
- अहिलेसम्म १ लाख ३६ हजार ६० जना नयाँ मतदाताले नाम दर्ता गराएका छन्।
- बिहीबार एकै दिन ११ हजार एक सय ९७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराए।
काठमाडौँ । १ लाख ३६ हजार ६० जना नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । गत असोज १० गतेदेखि आयोगले कात्तिक ३० सम्म नयाँ मतदातालाई मतदाता सूचीमा नाम दर्ता गर्न सार्वजनिक सूचना जारी गर्दै समय तोकेको छ ।
जसअनुसार असोज १० पछि बिहीबार बेलुकासम्म १ लाख ३६ हजार ६० जना मतदाता थपिएको आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बिहीबार एकै दिन ११ हजार एक सय ९७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
तीमध्ये ६ हजार चार ६१ पुरुष र ४ हजार सात सय ४३ जना महिला छन् । 'अन्य' दुई जनाले पनि नामावलीमा नाम दर्ता गराएका छन् । यो सँगै नयाँ नाम दर्ता गर्ने पुरुषको जम्मा संख्या ८१ हजार ८ सय ६४ पुगेको छ भने ५४ हजार एक सय ७८ पुगेको छ । 'अन्य' १८ जना पुगेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ३ प्रतिशतले बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण