भाषालाई जनजीविकासँग जोड्नुपर्छ: मुख्यमन्त्री सोनल
शुक्रबार, २१ कात्तिक २०८२, १३ : १४
सारांश
- मुख्यमन्त्री सोनलले भाषाको संरक्षण र विकास जनजीविकासँग जोडेर गर्नुपर्ने बताए।
- उनले अंग्रेजी भाषा विश्वभर प्रभावकारी बनिसकेको र विद्यार्थीले मौलिक भाषाको ज्ञान राख्नुपर्ने बताए।
- मुख्यमन्त्री सोनलले सामुदायिक विद्यालयमा अंग्रेजी अध्यापनको अवस्थाप्रति चिन्ता व्यक्त गरे।
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले भाषाको संरक्षण र विकासका लागि तिनलाई जनजीविकासँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् ।
शुक्रबार नेपाल इंगलिश ल्यांग्वेज टिचर्स एसोसिएसन (नेल्टा)ले आयोजना गरेको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोनलले संसारका थुप्रै भाषा जनजीविकासँग नजोडिएका कारण विलुप्त हुन पुगेको उल्लेख गरे । उनले भने, ‘हाम्रा परम्परागत भाषा, संस्कृति र सभ्यताका रूपहरु जीविकासँग जोडेमात्र दिगो बन्न सक्छन् ।’
मुख्यमन्त्री सोनलले अङ्ग्रेजी भाषा विश्वभर प्रभावकारी माध्यम बनिसकेको स्वीकार गर्दै विद्यार्थीहरूले इंगलिशसँगै आफ्ना मौलिक भाषा र परम्पराको ज्ञान पनि राख्नुपर्नेमा जोड दिए ।
सोनलले सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजी विषयको अध्यापनको अवस्था सन्तोषजनक नरहेकोप्रति चिन्ता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण