कालमेगी आँधीका कारण फिलिपिन्स र भियतनाममा १९३ जनाको मृत्यु
शुक्रबार, २१ कात्तिक २०८२, १५ : ४२
काठमाडौँ । कालमेगी समुद्री आँधीले फिलिपिन्स र भियतनाममा १९३ जनाको ज्यान लिएको छ । फिलिपिन्समा आँधीका कारण कम्तीमा १८८ जनाको मृत्यु भएको छ ।
भियतनाममा यो सङ्ख्या पाँच पुगेको बताइएको छ । प्रतिघण्टा १४९ किलोमिटरको गतिमा आँधी बिहीबार मध्य भियतनाम भएर पश्चिमतर्फ कम्बोडिया र लाओसतिर सर्दै गइरहेको छ ।
रातभर आँधीले वितण्डा मच्चाएपछि मध्य भियतनामको तटमा रहेका शहरहरू आज बिहान भग्नावशेषले भरिएका थिए ।शक्तिशाली हुरीले रूखहरू उखेलिएका थिए भने घरका छाना उडाएका थिए अनि झ्यालहरू फुटेका थिए ।
क्षतिको सामना गर्न सेना तैनाथ गरिएको थियो भने हजारौँ मानिसहरूले विद्यालय र अन्य सार्वजनिक भवनहरूमा आश्रय लिएका थिए । न्यून तटीय क्षेत्र डुबानमा पर्ने चेतावनी भियतनामी अधिकारीहरूले दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘परीक्षाको नतिजा समयमै प्रकाशन गर्नु मेरो पहिलो प्राथमिकता हो’
-
देवदहमा बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
-
१३ वर्षीया बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ
-
सरकार गठनको सय दिन पूराः केके भए उपलब्धि ? (हेर्नुहोस् पूर्णपाठ)
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण