विप्लव, घनश्याम र जनार्दनले भने– जनताका अधिकार खतरामा परे, ऐतिहासिक पहलकदमीका लागि सहकार्य गरौँ
सारांश
- नेताहरूले राष्ट्रियता, लोकतन्त्र र जनताका हक अधिकार खतरामा परेको बताए।
- विप्लव, भुसाल र शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै पुरानो तरिकाले संकट टार्न खोजेको आरोप लगाए।
- उनीहरूले प्रगतिशील तथा लोकतान्त्रिक दिशामा अघि बढ्न सबैलाई गोलबन्द हुन आह्वान गरे।
काठमाडौँ । राष्ट्रियता, लोकतन्त्र र जनताका हक अधिकार खतरामा परेको नेताहरूले बताएका छन् । शुक्रबार नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव,नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्माले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
‘राष्ट्रिय जीवन असुरक्षित हुँदै गएको छ । मुलुकका पुराना राजनीतिक दलहरू, खासगरी तिनका नेताहरू पुरानै संरचना र तरिका जोडजाड गरेर सङ्कटलाई ढाकछोप गर्न र आफ्नो वर्चश्व बचाउन चाहन्छन् । त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र सङ्कटतर्फ धकेल्ने कुरा निश्चित छ । पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट छ,’जारी संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।
आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु आजको ज्वलन्त कार्यभार बनेको उनीहरुले बताएका छन् ।
राष्ट्रमाथि चौतर्फी सङ्कट आएको यस परिस्थितिमा सबै प्रतिबद्ध कम्युनिष्टहरु, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूले बृहत् मोर्चावन्दीको लागि पहलकदमी लिनु आवश्यक भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ,‘हामी त्यस्तो ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि बढ्न सङ्कल्पबद्ध भएका छौँ । र, सबै प्रतिबद्ध कम्युनिष्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूसँग सार्थक संवाद, छलफल र सहकार्यको लागि आह्वान गर्दछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण