विप्लव, जनार्दन र घनश्यामबिच ‘सघन’ सहकार्य गर्ने सहमति
सारांश
- नेकपाका महासचिव विप्लव, जनार्दन शर्मा र घनश्याम भुसालबीच आगामी दिनमा सहकार्य गर्ने सहमति भएको छ।
- भेटमा नयाँ परिस्थितिमा कसरी सहकार्य बढाउने भन्ने विषयमा छलफल भएको थियो र विगतको सहकार्यलाई निरन्तरता दिने सहमति भयो।
- आजको राजनीतिक अन्योलको सामना गर्न समाजवादी कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुनुपर्नेमा तीनै नेताको जोड थियो।
काठमाडाैँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव), प्रगतिशील राष्ट्रिय अभियान संयोजक जनार्दन शर्मा र तत्कालीन एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल आगामी दिनमा सघन सहकार्य गर्दै अघि बढ्न सहमत भएका छन् ।
विप्लवसँग शुक्रबार बिहान शर्मा र भुसालले गरेको भेटमा नयाँ परिस्थितिमा कसरी सहकार्य घनिभूत उचाइमा लैजान सकिन्छ भनेर छलफल भएको भुसालले जानकारी दिए ।
‘विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रह्यो, हामीले विगतमा पनि सहकार्य गर्दै आएका थियौ, अव पनि सहकार्यलाई निरन्तरताका साथ सघन बनाउन तीनै नेता सहमत भएका छौ’, भुसालले रातोपाटीसँग भने, ‘सवै विषयमा छलफल गरेर अगाडि जाने हो ।’
छलफलमा आजको राजनीतिक अन्योलको समाजवादी कम्युनिस्ट पार्टीहरू एकताबद्ध भएर सामना गर्नुपर्नेमा तीनवटै नेताहरुको जोड रहेको बताइएको छ । पूर्व माओवादी नेता शर्मा नेपाली कम्युनिस्ट पार्टीसँगको एकता प्रक्रियामा सहभागी नभएर अलग अभियान चलाउने तयारीमा छन् । सोही अन्तर्गत उनले प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका छन् ।
त्यस्तै नेता भुसाल पनि पार्टी पुनर्गठनको अभियान चलाउने प्रयासमा छन् । नेता शर्माले बिहीबारमात्र वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र रास्वपाका नेताहरूसँग छलफल गरेका थिए । उनीहरूबिच आगामी निर्वाचनमा कसरी जाने भन्नेबारे समेत कुराकानी भएको बताइएको छ । यद्यपि यसबारे ठोस निष्कर्षमा पुगिनसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण