नेपाल–भारत सीमा नाका आजदेखि मंगलबारसम्म बन्द गरिने
सारांश
- महोत्तरी प्रशासनले नेपाल-भारत सीमा नाका शनिबार साँझ ६ बजेदेखि मंगलबार साँझ ६ बजेसम्म बन्द गर्ने सूचना जारी गरेको छ।
- बिहारमा विधानसभा निर्वाचनका कारण शान्ति सुरक्षाका लागि सीमानाका बन्द गर्न लागिएको हो, जसले गर्दा मानवीय सेवाबाहेक आवागमन रोकिएको छ।
- धनुषा, सर्लाही र रौतहट जिल्लाका प्रशासनले पनि सीमा बन्द गर्ने निर्णय गरेका छन्, जनकपुरधाम-जयनगर रेल सेवा पनि अस्थायी रूपमा रोकिएको छ।
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै आज (शनिबार) साँझ ६ बजेदेखि आगामी मंगलबार साँझ ६ बजेसम्म नेपाल–भारत सीमा नाका बन्द रहने जनाएको छ।
बिहारमा दोस्रो चरणको विधानसभा निर्वाचन मंगलबार हुने भएकाले शान्ति–सुरक्षा व्यवस्थापनका लागि तीन दिनका लागि सिमानाका बन्द गर्न लागिएको हो।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सीमानाका बन्द रहने अवधिमा मानवीय तथा आकस्मिक सेवाबाहेक सबै प्रकारको आवागमन पूर्ण रूपमा रोकिने छ।
त्यस्तै, धनुषा, सर्लाही तथा रौतहट जिल्लाका प्रशासन कार्यालयहरूले पनि उस्तै सूचना जारी गर्दै उक्त अवधिभर सीमानाका बन्द हुने जनाएका छन्। रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार भारतको सितामढी र पूर्वी चम्पारण क्षेत्रमा निर्वाचन हुने भएकाले सीमा बन्द गर्नुपर्ने भएको हो।
सीमा बन्दसँगै जनकपुरधाम–जयनगर रेल सेवा पनि अस्थायी रूपमा रोकिएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडले सीमानाका बन्द भएका कारण भारतको जयनगरसम्म पुग्ने रेल सेवा स्थगित गरिएको र सीमा खुलेपछि पुनः सेवा सुचारु गरिने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेको ऐतिहासिक रात : कुन-कुन रेकर्ड तोडे ?
-
अध्ययन बिदा बसेका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
-
दैलेखको ठाटीकाँधका ९७ शिक्षक–कर्मचारी एक वर्षदेखि तलबविहीन
-
चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डमा बत्ती जडान सुरु (तस्बिरहरू)
-
धनगढी र नेपालगञ्जको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँ र पोखरामा वर्षा
-
झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण