प्रिमियर लिग
सन्डरल्याण्डसँग बराबरीमा रोकियो आर्सनल
आइतबार, २३ कात्तिक २०८२, ०१ : २६
सारांश
- आर्सनल र सन्डरल्याण्डबीचको इङ्लिस प्रिमियर लिग खेल २-२ को बराबरीमा टुङ्गियो।
- सन्डरल्याण्डका बेलार्डले गोल गर्दै अग्रता दिलाए, तर साका र ट्रोसार्डको गोलले आर्सनललाई अगाडि बढायो।
- इन्जुरी समयमा ब्रोबेको गोलले सन्डरल्याण्डलाई हारबाट जोगायो, र दुवै टिमले अंक बाँडे।
काठमाडौँ । नेपाली समय अनुसार शनिबार राति भएको इङ्लिस प्रिमियर लिगको खेलमा सन्डरल्याण्डसँग आर्सनल बराबरीमा रोकिएको छ । खेल २-२ को बराबरीमा सकिएको हो।
पहिलो हाफमा सन्डररल्याण्डका ड्यानियल बेलार्डले ३६औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। तर दोस्रो हाफमा आर्सनलले उत्कृष्ट पुनरागमन गर्यो। बुकायो साकाले ५४औँ मिनेटमा बराबरी गोल गरे भने लियान्द्रो ट्रोसार्डले ७४औँ मिनेटमा अर्को गोल गर्दै आर्सनललाई अग्रता दिलाए।
तर खेलको इन्जुरी समयमा सन्डरल्याण्डका ब्रायन ब्रोबेले गोल गर्दै टिमलाई हारबाट जोगाए।
बराबरीसँगै दुवै टोलीले एक-एक अङ्क बाँडेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण