हलिउडमा काम गर्न चाहिन्छन् दीपिका
सारांश
- दीपिका पादुकोणले हलिउडमा आफ्नै सर्तमा काम गर्ने बताएकी छिन्।
- उनले हलिउडमा भारतीयहरूमाथि हुने विभेदबारे कुरा गरिन् र आफूले चाहेजस्तो भूमिका नपाएको बताइन्।
- दीपिकाले अन्तर्राष्ट्रिय ब्रान्डको अभियान र आफ्नो होर्डिङ बोर्ड देखेर गर्व लागेको बताइन्।
नयाँ दिल्ली । कुनै फिल्मी घरपरिवारबाट नआएपनि बलिउडमा आफ्नो राम्रो छाप छाड्न सकेकी अभिनेत्री हुन् दीपिका पादुकोण । आज उनी बलिउडका शीर्ष अभिनेत्रीहरूमा गनिन्छिन् । दीपिका आफ्नै सर्तहरूमा काम गर्छिन् ।
छोरी जन्मिएपछि दिनमा आठ घण्टा मात्रै काम गर्ने सर्तका कारण उनको हातबाट ‘कल्की २८९८’ जस्तो ब्लकबष्टर फिल्मको सिक्वेल गुम्यो । तर पनि उनले सम्झौता गरिनन् । यसैबिच दीपिकाले आफ्नो हलिउड करियरबारे बोलेकी छिन् । हलिउडमा पनि आफूले आफ्नै सर्तहरूमा काम गर्ने उनको भनाइ छ ।
विदेशमा अझै पनि भारतीयहरूको एउटा स्टिरियोटाइप छवि भएको सीएनबीसी टिभीसँग कुरा गर्दै दीपिकाले भनिन् । आफूले हलिउडमा काम गर्दा भोग्नु परेको भेदभावबारे पनि उनले खुलेर बोलिन् । उनले भनिन्, ‘भारतलाई विश्वसामु प्रस्तुत गर्ने विषयमा म धेरै स्पष्ट थिएँ, तर मैले जस्तो भारत बुझेको छु, त्यहाँ त्यस्तो छैन ।’
विदेश यात्राको बेलामा पनि आफूले प्रायः मानिसहरूको मनमा भारतीयहरूबारे उही पुरानो स्टिरियोटाइपका छविहरू मात्रै देखेको पनि उनले बताइन् । ‘कास्टिङमा होस्, हाम्रो बोल्ने तरिका होस्, वा मेरो छालाको रंग होस् । त्यसैले हामीले हाम्रो प्रतिभाको आधारमा काम पाएका छैनौँ, बरु रूढीवादी भूमिकाहरू पाइरहेका छौँ’ उनले भनिन् ।
तर काम आफ्नै तरिका र शर्तमा गर्छु, बरु समय बढी लागे पनि लागोस् भन्ने कुरामा आफू स्पष्ट रहेको उनले बताइन् । हालै एउटा अन्तरवार्तामा दीपिकाले आफ्नो अन्तर्राष्ट्रिय ब्रान्डको लागि गरेको हालैको अभियानलाई सम्झिइन् । सनसेट बुलेभार्डभरि ठाउँठाउँमा आफ्नो होर्डिङ बोर्ड देख्दा सुरुमा त आफूलाई अनौठो लागेको तर पछि गर्व लागेको पनि दीपिकाले बताइन् ।
‘विश्वव्यापी लक्जरी ब्रान्डको बिलबोर्डमा खैरो अनुहार देख्न पाउँदा राम्रो लाग्यो । मैले पहिले कहिल्यै यस्तो देखेको थिइनँ, र यो हरेक भारतीय महिलाको लागि विजय जस्तो महसुस भयो’ उनले भनिन् ।
दीपिकाले २०१७ मा विन डिजेलको ‘एक्सएक्सएक्सः रिटर्न अफ जेन्डर केज’बाट हलिउडमा डेब्यू गरेकी थिइन् । त्यसबेलादेखि, दीपिकाले धेरै अन्तर्राष्ट्रिय ब्रान्डहरूमा साइन गरिसकेकी छिन् र विश्वव्यापी मञ्चमा आफ्नो उपस्थितिलाई निरन्तर रूपमा महसुस पनि गराइरहेकी छिन् । तर त्यो बाहेक अरु हलिउड फिल्ममा दीपिका देखा परेकी छैनन् । कामको कुरा गर्ने हो भने, दीपिका पादुकोण हाल शाहरुख खानसँग ‘किङ’को शुटिङ गरिरहेकी छिन् । उनी एटली र अल्लु अर्जुनको फिल्म ‘AA22xA6’का कारण पनि हेडलाइनमा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण