भरतमणि, सुमनलगायत ६ कमेडियनले अमेरिकामा हँसाउने
काठमाडौँ । चर्चित कमेडियन भरतमणि पौड्याल, सुमन कोइरालालगायत ६ कमेडियन अमेरिकामा हसाउने भएका छन् । फेम नेपाल र सनराइज इन्टरटेनमेन्टले संयुक्त रूपमा ‘हाँस्छ अमेरिकाः भोल्युम १’ नामक स्ट्यान्डअप कमेडी टुर कमेडियनले गर्न लागेका हुन् ।
टुरमा भरतमणि र सुमनका अलवा कैलाश कार्की, सुमन कार्की, मेक्सम गौडेल र सजन श्रेष्ठलगायत सहभागी हुनेछन् ।
टुरका लागि कलाकारको भिसा प्रक्रिया सकिएको छ । डिसेम्बरदेखि जनवरीसम्म १५ भन्दा धेरै अमेरिकी सहरमा कार्यक्रम आयोजना हुनेछन् । ‘प्रतिभाशाली कलाकारले अमेरिकाभरका नेपाली दर्शकलाई हाँसो, रमाइलो र सन्देशमूलक मनोरञ्जन प्रदान गर्नेछन्,’ आयोजक विनोद पछाईले भने ।
कमेडियन भरतमणिका अनुसार टुरमा आफू र सुमन कोइरालाले घरबेटी र माइकलको भूमिका गर्नेछन् । कैलाशले भिखारी, सजनले स्ट्यान्ड अप, मेक्सम र सुमन कार्कीले कुन चरित्र निर्वाह गर्ने तय हुन बाँकी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण