बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चुनावी प्रक्रिया सुधारको माग गर्दै जेनजी पुस्ताको हस्ताक्षर अभियान

आइतबार, २३ कात्तिक २०८२, १९ : ४५
आइतबार, २३ कात्तिक २०८२

काठमाडौँ । नयाँ निर्वाचन प्रणाली र विद्यमान चुनावी प्रक्रियामा सुधारको माग गर्दै जेनजी पुस्ताले देश–विदेशबाट एक अभियानको थालनी गरेको छ । 

जेनजी पुस्तासहित युवाहरूले तयार पारेको एक दस्ताबेजमाथि समर्थन जुटाउन अनलाइन प्लेटफर्ममार्फत आह्वान गरिएको अभियानका अभियन्ता सागर ढकालले जानकारी दिएका छन् ।

यस अभियानको मुख्य मागहरूमा तत्काल राष्ट्रपतिसँग सम्झौता गरी जेनजी जनआन्दोलनमार्फत प्रकट भएका जनआकाङ्क्षालाई राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ । 

आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्न नेपालको राष्ट्रपति र आन्दोलनकारी पक्षबिच यथाशीघ्र लिखित सम्झौताको माग गरिएको छ ।

जेनजी आन्दोलनमा सहभागी भएका व्यक्तिहरूको सुरक्षा र दोषीमाथि कारबाहीको माग पनि गरिएको छ। दस्ताबेजले आन्दोलनकारीहरूलाई अनावश्यक अभियोजन गर्ने,कुनै पनि किसिमको त्रासबाट मुक्त गर्न सरकारसँग  माग गरेको छ ।

नयाँ राजनीतिक शक्तिको एकतामाथि विशेष जोड दिँदै  जेनजी लगायत वैकल्पिक शक्ति मानिएका दल र नेताहरूबिच एकता अपरिहार्य रहेको औँल्याइएको छ । पुराना दलहरूबाट जनताको विश्वास कम हुँदै गएको अवस्थामा छरिएका शक्तिहरूलाई एक मात्र सशक्त मूलधारको राजनीतिक शक्ति निर्माण गर्न आह्वान रहेको छ ।

चुनावी प्रक्रियामा व्यापक सुधारको माग गर्दै विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्नुपर्ने र इ भोटिङ लगायतका आधुनिक प्रविधिमा आधारित मतदान प्रक्रिया सुनिश्चित गर्न माग गरिएको छ ।

मतदाताहरूलाई ’नो भोट’ अर्थात् कुनै पनि उम्मेदवार मन नपरेको खण्डमा मतपत्र प्रयोग नगर्ने अधिकार प्रदान गर्न पनि आग्रह गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप