शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

कुलमानको दल दर्ता भोलि, पार्टीको नाम नेपाल जनसेवा !

आइतबार, २३ कात्तिक २०८२, २० : ०४
आइतबार, २३ कात्तिक २०८२

काठमाडौँ । तीन वटा विकासे मन्त्रालय सम्हालिरहेका मन्त्री कुलमान घिसिङले सोमबार राजनीतिक पार्टी दर्ता गराउने भएका छन् । 

स्रोतका अनुसार भोलि सोमबार निर्वाचन आयोगमा दर्ता गर्न लागिएको पार्टीको नाम नेपाल जनसेवा रहने विषयमा छलफल भएको छ । 'यद्यपि टुङ्गो लाग्न बाँकी छ, तर भोलि आयोगमा जाने तयारी चाहिँ भइसक्यो', मन्त्री घिसिङ निकट स्रोतले रातोपाटीलाई जानकारी दियो । 

पार्टीको आन्तरिक काम सकिएको भएपनि सहभागी हुने नागरिकहरूसँग पार्टीको नाममा अन्तिम छलफल भइरहेको स्रोतले बतायो । 

 घिसिङ निकट स्रोतले भन्यो, ‘भोलि दल दर्ताका लागि निवेदन पेस गर्ने तयारी गरेका छौँ, त्यसपछि धेरै कुरा थाहा भइहाल्छ, अहिलेलाई यति भनौँ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप