मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पार्टीमा भित्र्याउने प्रयासस्वरूप भीम रावलसँग प्रचण्ड र माधवले गरे छलफल

आइतबार, २३ कात्तिक २०८२, २१ : ३१
आइतबार, २३ कात्तिक २०८२

सारांश

  • नयाँ गठित नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले भीम रावललाई पार्टीमा ल्याउन प्रयास थालेका छन्।
  • प्रचण्ड र नेपालले रावलसँग आइतबार छलफल गरे र छलफल सकारात्मक रह्यो।
  • रावलले पनि सकारात्मक जवाफ दिएका छन् र उनी चाँडै पार्टीमा जोडिने सम्भावना छ।

काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालसहितका नेताहरूले नेता भीम रावललाई पार्टीमा भित्र्याउने प्रयास थालेका छन् । त्यसका लागि प्रचण्ड र नेपालले आइतबार रावलसँग संवाद गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार रावलसँग आइतबार साँझ प्रचण्ड र नेपालले छलफल गरेका हुन् । उक्त छलफल सकारात्मक रहेको ज्वालाले बताए । रावल पार्टीमा चाँडै जोडिने समेत उनले बताए । 

‘छलफल सकारात्मक भएको छ । केही दिनमा भीम रावल कामरेड नेपाली कम्युनिस्ट पार्टीमा जोडिनुहुन्छ’, नेता ज्वालाले भने । 

भेटमा प्रचण्ड र नेपालले नेता रावल पार्टीमा जोडिए सम्मानजनक हैसियत र जिम्मेवारी दिन कुनै समस्या नभएको बताएका थिए । 

त्यसमा रावलले पनि सकारात्मक जवाफ दिएको बताइएको छ । रावल एमालेले कारबाही गरेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ मार्फत आफ्ना गतिविधि गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप