कांग्रेस महामन्त्री थापाले भिडियो सन्देश जारी गर्दै मतदाता परिचय पत्र बनाउन गरे आग्रह
सोमबार, २४ कात्तिक २०८२, ११ : ५९
सारांश
- कांग्रेस महामन्त्री गगन थापाले भिडियो सन्देशमार्फत मतदाता परिचय पत्र बनाउन आग्रह गरेका छन्।
- उनले २१ फागुनमा हुने निर्वाचनमा सहभागी हुन मतदाता परिचय पत्र बनाउन अनुरोध गरेका हुन्।
- महामन्त्री थापाले चुनावमा भाग लिन मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरे।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भिडियो सन्देश जारी गर्दै मतदाता परिचय पत्र बनाउन आग्रह गरेका छन् । महामन्त्री थापाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै २१ फागुनमा हुन गइरहेको निर्वाचनमा सहभागिता सुनिश्चित गर्न मतदाता परिचय पत्र बनाउन आग्रह गरेका हुन् ।
‘फागुन २१ मा चुनाव हुन्छ, नो इफ, नो बट । चुनावमा हामी सबैले भाग लिने हो,’ महामन्त्री थापाले भिडियोमा आग्रह गर्दै भनेका छन्- ‘चुनावमा भोटरको रूपमा भाग लिनका लागि तपाईंले भोटर रजिस्टर गराउनुभएको छैन भने जम्मा ६ दिन बाँकी छ । ६ दिन भित्रमा रजिस्ट्रेसन गराउनुहोला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण