एमालेले बोलायो विघटित प्रतिनिधि सभा सांसदको भेला
सारांश
- नेकपा एमालेले विघटित प्रतिनिधि सभाका सांसदहरूको भेला बोलाएको छ।
- एमालेले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै पुनर्स्थापनाका लागि आन्दोलन गर्दै आएको छ।
- एमाले संसदीय दलको बैठक मंसिर २ गते बस्ने भएको छ, जसमा मुलुकको वर्तमान परिस्थिति र संवैधानिक निकासबारे छलफल हुनेछ।
काठमाडौँ । नेकपा एमालेले विघटित प्रतिनिधि सभाका सांसदहरूको भेला बोलाएको छ ।
नेकपा एमाले संसदीय दलका तत्कालीन प्रमुख सचेतक महेश बर्तौलाले मंसिर २ गते दिउँसो १ बजे बस्नेगरी एमाले संसदीय दलको बैठक बोलाएको जानकारी गराएका छन् ।
‘मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागी निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले संसदीय दलको बैठक आयोजना गरिएको जानकारी गराउन चाहन्छु’, बर्तौलाले भनेका छन् ।
नेकपा एमालेले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै पुनर्स्थापनाका लागि आन्दोलन गर्दै आएको छ । सोही अनुसार एमालेले कात्तिक २२ गते देशभरका वडा कार्यालय तथा कात्तिक २५ गते देशभरका गाउँपालिका तथा २९ गते जिल्ला सदरमुकाममा प्रदर्शन तथा भेला बोलाएको छ । काठमाडौँ उपत्यकामा मंसिर ६ गते विशाल प्रदर्शन गर्ने एमालेको तयारी छ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा छ ।
प्रतिनिधि सभा पुनर्स्थापनाका लागि दबाब दिन एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन पनि गरिरहेको छ । एमालेसँगै कांग्रेस पनि सांसदको हस्ताक्षर संकलनमा जुटेको छ । जेनजी विद्रोहपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले गत भदौ २७ गते प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण