बुबाको हत्या गरेको अभियोगमा छोरा काठमाडौँमा पक्राउ
सोमबार, २४ कात्तिक २०८२, १२ : ४२
सारांश
- काठमाडौंमा छोराले आफ्नै बुबाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
- प्रहरीले गोरखाका ३६ वर्षीय पेम्बा लामालाई ७८ वर्षीय बुबाको हत्या आरोपमा पक्राउ गरेको हो।
- घाइते बुबाको उपचारका क्रममा मनमोहन अस्पतालमा मृत्यु भएको थियो, प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जनालाई काठमाडौँमा प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका-१५, किमडोल बस्ने गोरखा चुमनुब्री गाउँपालिका-६ घर भएका ३६ वर्षीय रोशन गुरुङ भन्ने पेम्बा लामालाई आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको अभियोगमा आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
पेम्बाले कुटपिट गर्दा आमकी गम्भीर घाइते भएको खबर प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो। कुटपिटबाट गम्भीर घाइते भएका आमकीको मनमोहन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको थियो।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण