स्वास्थ्य बीमाबाट पाइने निःशुल्क औषधि गुणस्तरीय छः स्वास्थ्यमन्त्री
सारांश
- स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले स्वास्थ्य बीमाबाट पाइने निःशुल्क औषधि गुणस्तरीय भएको बताइन्।
- उनले स्वास्थ्य बीमाको निःशुल्क औषधि गुणस्तरीय नभएको भन्ने भ्रममा नपर्न आग्रह गरिन्।
- मन्त्री गौतमले बिमा कार्यक्रमका समस्या समाधान गर्ने र सुशासन कायम गर्ने प्रतिबद्धता जनाइन्।
काठमाडौँ । स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले स्वास्थ्य बीमाबाट पाइने निःशुल्क औषधि गुणस्तरीय भएको बताएकी छन् ।
सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव एवं नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गर्दै उनले स्वास्थ्य बीमाबाट पाइने निःशुल्क औषधि गुणस्तरीय नभएको भन्ने कुरा भ्रमपूर्ण र गलत भएको त्यसमा विश्वास नगर्न आग्रह गरिन् ।
निजी औषधी व्यवसायीहरु मध्ये कसैले भ्रमपूर्ण कुरा फैलाएको हुन सक्ने भएकाले सजक रहन उनले आग्रह गरिन् । मन्त्री गौतमले बिमा कार्यक्रममा भएका समस्याहरु क्रमश सुधार गर्दै जाने प्रतिवद्धता जनाइन् ।
बिमा कार्यक्रम अन्तर्गतको भूक्तानी नभएको गुनासो केहि अस्पतालबाट आएको भन्दै उनले त्यसलाई छिटै समाधान गर्ने बताइन् । उनले सुशासन कायम गरेर सहज रुपमा सेवा दिनका लागि केन्द्रीत हुन आग्रह गरिन् ।
मन्त्री गौतमले स्वास्थ्य केन्द्रमा औषधी नभएको गुनासो आइरहेको भन्दै स्थानीय तहले निशुल्क औषधी उपलव्ध पाउने अवस्था बनाउनुपर्ने र यसमा केन्द्रले सहयोग गर्ने बताइन् । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन
-
ट्रम्पले पारित गरे साउदीले युरेनियम प्रशोधन गर्न सक्ने आणविक सम्झौता
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण