कैदीबन्दीलाई अगरबत्ती उत्पादनसम्बन्धी तालिम
मङ्गलबार, २५ कात्तिक २०८२, ०४ : ५५
सारांश
- अछाम जिल्ला कारागारका कैदीबन्दीलाई अगरबत्ती बनाउने तालिम दिइएको छ।
- घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजनामा तालिम कात्तिक १८ गतेदेखि सुरु भएको हो।
- तालिमले कैदीबन्दीलाई समाजमा पुन:स्थापित हुन सहयोग गर्ने विश्वास लिइएको छ।
अछाम । जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले अगरबत्ती उत्पादनसम्बन्धी तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजनामा यही कात्तिक १८ गतेदेखि सात दिने सीप विकास तालिम कारागारमा सञ्चालन गरिएको हो ।
कारागारमा रहेका कैदीबन्दीमध्ये अहिले १५ जनालाई तालिम दिइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भीमबहादुर सिंहले बताए । उनका अनुसार कार्यालयले कैदीबन्दीको मागबमोजिम विभिन्न सीप विकास तालिम सञ्चालन गरेको हो । कारागारबाट सजाय काटेर बाहिर निस्केपछि समाजमा पुनः स्थापित हुन तालिमले सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण