१२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा
सारांश
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ।
- सरुवा हुनेमा उपसचिव र अधिकृत दरबन्दीका विभिन्न स्थानीय तहहरू रहेका छन्।
- जिल्ला समन्वय समिति सिरहासहित थप ६ जना अधिकृतको पनि सरुवा भएको छ।
काठमाडौँ । १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबारको निर्णय अनुसार ती स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हेरफेर भएको हो ।
यसरी सरुवा भएका स्थानीय तहमध्ये उपसचिवको दरबन्दी रहेका बाह्रबिसे नगरपालिका, लेटाङ नगरपालिका रहेका छन् । उपसचिवकै दरबन्दी रहेको भीमेश्वर नगरपालिका मलंगवा नगरपालिका र जिल्ला समन्वय समिति खोटाङमा जिल्ला समन्वय अधिकृतको समेत सरुवा गरिएको छ ।
त्यस्तै, अधिकृतको दरबन्दी भएका स्थानीय तहमध्ये सुनसरीको गढी गाउँपालिका, सिरहाको सुखीपुर नगरपालिका, सुनसरीको दवानगञ्ज गाउँपालिका, नुवाकोटको किस्पाङ गाउँपालिका, नुवाकोटकै मेधाङ गाउँपालिका, रहेका छन् ।
त्यस्तै, सर्लाहीको विष्णु गाउँपालिका, जाजरकोटको नलगाढ नगरपालिका, रुपन्देहीको सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको समेत सरुवा गरिएको छ ।
त्यस्तै, जिल्ला समन्वय समिति सिरहासहित थप ६ जना अधिकृतको समेत सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण