सापकोटाद्वारा जाजरकोटको विद्यालयलाई सहयोग
सारांश
- एनआरएनए बेल्जियमकी पूर्व अध्यक्ष सिता सापकोटाले जाजरकोटको विद्यालयलाई भवन र शौचालय हस्तान्तरण गरिन्।
- उनले करिब ३० लाख रुपैयाँ खर्च गरी विद्यालयका लागि भवन निर्माण गरेकी थिइन्।
- हस्तान्तरण कार्यक्रममा न्यानो कपडा र ल्यापटप समेत प्रदान गरिएको थियो।
जाजरकोट । एनआरएनए बेल्जियमकी पूर्व अध्यक्ष सिता सापकोटा जाजरकोटको नलगाड नगरपालिका–४, बाउसेखोला स्थित श्री ज्ञानोदय प्राथमिक विद्यालयमा तीन कोठे पक्की भवन र दुईवटा पक्की शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेकी छन्।
सापकोटाले करिब ३० लाख रुपैयाँ खर्च गरेर विद्यालयका लागि पक्की भवन निर्माण गरेकी हुन्। बेल्जियममा रहेर पनि आफ्नो देश र जनताको सेवा गर्ने उद्देश्यले आफूले यो सहयोग गरेको उनको भनाइ छ ।
हालै आयोजित विद्यालय हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक–शिक्षिका र अभिभावकहरूको उपस्थिति रहेको थियो। सो अवसरमा सापकोटाले विद्यालयका विद्यार्थीहरूलाई ७७ सेट न्यानो लत्ता–कपडा र विद्यालय प्रशासनका लागि एक थान ल्यापटप समेत प्रदान गरेकी थिइन् ।
सो कार्यक्रममा हालका एनआरएनए बेल्जियमका अध्यक्ष कमल पन्थीसहितको टोली सापकोटासँगै जाजरकोट पुगेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण