महाधिवेशन विवादले पार्टी विभाजनको अवस्था आउनसक्ने शेखर कोइरालाको चेतावनी
सारांश
- डा. शेखर कोइरालाले पार्टीभित्रको विवादले विभाजन निम्त्याउन सक्ने चेतावनी दिए।
- उनले विशेष महाधिवेशनको माग गर्दै ५५ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भएको बताए।
- कोइरालाले पार्टी एकता जोगाउन केन्द्रीय समिति बैठकबाटै निर्णय हुनुपर्नेमा जोड दिए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र विशेष महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले पार्टी विभाजनसम्मको अवस्था ल्याउन सक्ने चेतावनी दिएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित वा विशेष महाधिवेशनबारे केन्द्रीय समिति बैठकले निर्णय गर्न नसकेमा पार्टी विभाजनको अवस्था आउनसक्ने बताएका हुन्।
उनले विशेष महाधिवेशनको माग गर्दै ५५ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भइसकेको जानकारी दिए। डा. कोइरालाले उक्त हस्ताक्षर प्रमाणिकरणको प्रक्रिया सुरु हुने दिनदेखि नै कांग्रेस विभाजनको सम्भावना रहेको भन्दै केन्द्रीय समिति बैठकले नै निष्कर्ष निकाल्नुपर्नेमा जोड दिए। बहुमत हस्ताक्षरको बलमा महाधिवेशन हुनेमा शङ्का नरहे पनि पार्टी एकता जोगाउन केन्द्रीय समितिकै बैठकबाट महाधिवेशनसम्बन्धी निर्णय लिनुपर्ने उनको भनाइ छ।
उनले भने, ‘विशेष महाधिवेशनको माग गर्ने ५५ प्रतिशत साथीहरू जो हुनुहुन्छ, त्यसमा हस्ताक्षर प्रमाणिकरण सुरु गरेको दिनदेखि नै विभाजन हुने सम्भावना हुन्छ। ४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौँ भने पनि विभाजन त भयो नि। बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना देखियो।’
पार्टी विभाजनको दिशामा जान नदिन आफूले मध्यमार्गी भूमिका खेलिरहेको पनि नेता कोइरालाले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण