शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

३ करोड ५९ लाख जरिवाना तोकिएकी फरार प्रतिवादी पक्राउ

मङ्गलबार, २५ कात्तिक २०८२, १७ : ३२
मङ्गलबार, २५ कात्तिक २०८२

काठमाडौँ । बैकिङ कसुर मुद्दामा अदालतबाट ३ करोड ५९ लाख ९६ हजार जरिवाना ठहर भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–४ घर भएर बुढानीलकण्ठ बस्ने बिन्दा ढुंगेल रिजाल छिन् ।

सोमबार उनलाई ललितपुरको महालक्ष्मी नगरपालिका–१ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । 

४५ वर्षीया ढुंगेलविरुद्ध पाँच वटा मुद्दा अदालतबाट फैसला भैसकेको छ । ती मुद्दामा उनलाई अदालले ३ करोड ५९ लाख जरिवाना हुने ठहर गरेको हो । उनीविरुद्ध वैदेशिक रोजगारसम्बन्धी २० लाख बिगो भएको मुद्दासमेत दर्ता भएर पक्राउ पुर्जी जारी भएको भेटिएको एसपी आचार्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप